नेपाली साहित्यको सम्पूर्ण पत्रिका

पोस्टरकविता किन ?

पोस्टरकविता- शृंखला १

फेसबुकमा अहिले कविताको बाढी आएको छ । कविता विधा सबले रुचाउँदै पनि आइराखेका छन् । अग्रजदेखि अनुज कविहरूको कविता हरेक दिन देख्न पाइन्छ ।

कुनै समय थियो कविले कविता छपाउनलाई खाममा लाएर डाकबाट पठाउनु पर्थ्यो । कविता राम्रो र स्तरीय हो भने सम्पादकले पत्रिकामा ठाउँ दिन्थे , ती पत्रिकामा कवितासँग सुहाउँदो चित्रहरू पनि हुन्थे ।

रवि रोदन
सान्दर्भिक पोस्ट

कवितालाई चित्रसहित राख्दा पाठकको ध्यान त्यस चित्रले तान्ने हो र यो प्रभावकारी पनि हुन्छ ।

हिन्दी साहित्यमा कविता पोस्टरले राम्रो ठाउँ बनाएको छ । मेरा हिन्दी कवि मित्रहरू रविकुमार, रोहित रसियाहरूको कविता पोस्टरले म झनै प्रभावित भएको हुँ ।

नेपालतिरबाट निस्कने पत्र पत्रिकामा प्रोफेशनल चित्रकारहरूले कविता कथा कुनै पनि लेख निबन्धमा सुन्दर नक्सा लाएर निकालेका छन् र यो क्रम जारी नै छ ।

नेपाली कविताहरूलाई पनि छुट्टै ढङ्गमा यस्ता पोस्टरमा लाउँदा पाठकहरूलाई कवितातर्फ आकार्षित गर्न सकिने जस्तो लाग्यो । यो प्रयोग नयाँ होइन तर यता नेपालीमा छोटा छोटा कवितालाई लिएर गरियो भने असाधारण पाठकलाई पनि कवितातर्फ खिँच्न सकिने जस्तो लाग्यो ।

पोस्टर कविताका सौन्दर्यात्मक कुराले दर्शकर पाठकलाई साहित्यसँग जोडेर राख्न सक्छ ।

हामी जान्दछौँ, सामन्य पाठकहरू कविता पढ्दैनन् । फुर्सद पनि हुनुपर्यो कविता सङ्ग्रह किनेर पढिरहने, पोस्टर कविताले कविता कहिले नपढनेहरूले पनि पोस्टर हेर्ने हुँदा कविता पढ्ने सम्भावना छ ।

हुनसक्छ उनलाई कवितामा कुनै रुचि नै नहोला त्यसैले यस्ता पोस्टर कविताले साहित्य र समाजलाई जोडने पुलको काम गर्न सक्छन् । आम मानिसहरूमा चेतना फैलाउन भने सक्छ पोस्टर कविताले ।

सुरू सुरूमा मैले केही छोटा छोटा हिन्दी र नेपाली कविताहरूलाई लिएर यो थालनी पनि गरे। पाठकहरूले खुब रुचाए । फेसबुकमा राम्रा राम्रा कविता लेख्ने कविहरूलाई छोटा छोटा कविता पठाउने आग्रह गरे ।

लामा लामा कविताहरूलाई भन्दा छोटा छोटा कवितामा पोस्टर बनाउन सहज हुने र छोटा छोटा कवितामा यसको प्रयोग प्रभावशाली हुने देखेपछि फेसबुकमा पोस्टर कविता नामक समूह खोलेर यो अभियानको सुरुवात गरिएको छ ।

एकपटकमा पोस्टरसँग भएको कविताका पङ्तिहरू पाठकको आँखामा झुण्डिने र ती पङ्तिले असाधरण पाठक कविता मनपराउने हुन्छन् ।

छोटा छरितो र चट्ट छुने पोस्टरकविताले सामन्य पाठकलाई पनि पोस्टरको सौन्दर्यबाट साहित्यबोध र कलाबोध गराउने एउटा पहल हो । यसलाई निरन्तरता दिँदै लाने सोंचेको हुँ । कविहरूले थोरैमा धेरै भन्न सक्ने कविता लेखनमा पनि (पोलिस्ड) माझिन सक्छन् भन्ने हो ।

कवितामा सिरियसनेस कविता लेखनमा दुरुस्त बन्न सक्लान् भन्ने उद्देश्य पनि हो ।

अहिले पोस्टर कविताबाट प्रभावित भएर विभिन्न ठाउँहरूबाट धेरै कविता प्रेमी, पाठक र कविहरू कविता पठाइरहेका छन् । कविता आएपछि यसलाई सम्पादन मण्डलीले (कवि र भाषाविद्हरू) प्रथमत् हेर्छन । छनौट भएपछि मात्र यसमाथि पोस्टर इलस्ट्रेसन गरिने काम हुन्छ ।

केही कवि पाठकले यसको संकलनलाई पछिबाट किताबको रुप दिने सुझाव पनि दिइरहेका छन् । प्रत्येक बिहान एउटा पोस्टर कविता पोस्ट गरिरहेका छौँ ।

कवि राजा पुनियानीले पोस्टर कविताले राम्रो काम गर्दैछ र भविष्यमा कोलाब्रेट भएर काम गरौँ पनि भनेका छन् ।

यो पोस्टर कविताको काम गर्दै गर्दा नेपालका प्रखर लेखक एवं सम्पादक अश्विनी कोइरालाले सुन्दर कुरा राखेका छन् । यति राम्रो कामलाई एउटा दस्तावेजको रुपमा साहित्यपोस्टसँग सहकार्य गरौँ भन्ने आग्रह पनि उनैले गरेका छन् । फेसबुकमा कविताहरू यसरी हाल्दा खासै महत्व हुँदैन तर पोर्टल वेबसाइट साहित्यपोस्टसँग भने यसलाई राख्नुभए विश्वभरि छरिएर बसेका नेपालीहरूले पढ्न र यसबाट लाभ उठाउन पाउने कुरा पनि राखेका छन् ।

सातामा एकपल्ट साहित्यपोस्ट मार्फत पोस्टरकविता ५ र १० कविहरूको कवितालाई प्रकाशित गर्ने सल्लाह पनि भएको छ ।
हामीले यस अभियानमा १०० वटासम्म पोस्टर कविता प्रकाशित गर्ने चाहाना राखेका छौँ ।

आफूसँग भएका सम्पादन मण्डलीमा हुने साथीभाइहरूसँग पनि यी कुराहरू राखेको छु । हामीले गरेको कामको फाइदा अन्यलाई हुन्छ र हामीसँग जोडिएका कविहरूलाई पनि आउँदो दिनमा फाइदा पुग्छ भन्ने विशवास लिएका छौँ ।

अबका दिनमा पोस्टरकवितामा कविता पठाउन नेपाली युनिकोड फन्टको प्रयोग गरेर सम्पादकलाई कविता सम्प्रेषणको निम्ति चिट्ठी लेखेर आफ्नो नाम, ठेगाना र एउटा पार्सपोर्ट साइजको फोटो ravirodan88@ gmail.com मा मेल गर्नुपर्ने छ ।

पढ्नुहोस् पहिलो शृंखलामा संग्रहित पोस्टरकविताहरु:

 

 

Loading...