नेपाली साहित्यको सम्पूर्ण पत्रिका

बुकाहोलिक्सको लक डाउनमा स्रस्टासँग साक्षात्कारको १०० भाग पूरा

अहिले धेरैलाई धेरै हदसम्म घरमा बन्दी भएर बसिरहनु बानी जस्तो भइसक्यो तर कोरोना भाइरसको असर कम गर्न भएको लकडाउनको सुरुवात अहिले जस्तो सामान्य थिएन । दिक्दारलाग्दो वा हतारको भए पनि मानिसहरु आफ्नो दैनिकीसँग भिजेका थिए । जस्तो भए पनि मानिसलाई आफ्नै दैनिकी प्यारो थियो । होला, केहिलाई केहि दिन ढुक्कले घर बस्न मन थियो तर लकडाउन तिनका लागि पनि दिक्क लाग्दो थियो । यस्तोमा के गर्ने भन्ने धेरैको प्रश्न थियो तर जवाफ कमैसँग मात्रै थियो ।

बुकाहोलिक्स जुन फेसबुकमा किताबहरुको बारेमा छलफल गर्ने प्रतिष्ठित ग्रुप हो त्यसमा सदस्यहरुको संख्या बढ्न थाल्यो । यसबाट मानिसहरु लकडाउनमा केहि पढ्न खोजिरहेका छन् अथवा भनौँ, साहित्यसँग निकटता खोजिरहेका छन् भन्ने अर्थ निकाल्न सकिन्थ्यो । यसो त लकडाउनको कारणले मासिक रुपमा हुदै गरेको बुकाहोलिक्सको चकटी बहस पनि रोकियो । यसैले बुकाहोलिक्स टिम पनि केहि फरक गर्न सकिन्छ कि भन्ने सोचाइमा थियो ।

यो कुरा बैशाखको पहिलो साताको हो । लकडाउन सुरु भएको ३ साता बितिसकेको थियो । यसैले अनलाइनमा नै साहित्यिक कार्यक्रम गर्ने सोच भयो र सुरुवात भयो लकडाउनमा स्रस्टासँग साक्षात्कारको । बुकाहोलिक्सको फेसबुक ग्रुपमा अप्रिल १७ अर्थात बैशाख ५ मा पहिलो साक्षात्कार मोहन मैनालीबाट भयो । र, दैनिक भएको साक्षात्कार हिजो अर्थात २६ जुलाइमा ठ्याक्क १००औँ भाग सर्जक तुलसी दिवसको साक्षात्कारसँगै यो क्रम सकियो ।

साक्षात्कारमा आउँनु हुने स्रस्टाहरु

१. मोहन मैनाली
२. मनु मञ्जिल
३. रमेश सायन
४. अमृता लम्साल
५. विपुल सिंजापति
६. अनुपम पोखरेल
७. सरिता भट्टराई
८. केशव सिग्देल
९. निष्प्रभ सजि
१०. हरिमाया भेटवाल
११. कृष्ण धरावासी
१२. खिमा रिजाल
१३. भिष्म उप्रेति
१४. चन्द्र कटुवाल
१५. युवराज नयाँघरे
१६. राजा पुनियानी
१७. इश्वरे कडेल
१८. एलबी क्षेत्री
१९. जीवा लामिछाने
२०. सरस्वती प्रतिक्षा
२१. नविवन विभास
२२. निलम कार्की निहारिका
२३. भुपिन खड्का
२४. अमोद देव भट्ट
२५. अश्विनी कोइराला
२६. नयन राज पाण्डै
२७. छुदेन काबिमो
२८. बिमला तुम्खेवा
२९. प्रज्वल पराजुली
३०. विप्लब प्रतिक
३१. बसन्त पराजुली
३२. उषा शेरचन
३३. अविनाश श्रेष्ठ
३४. रविन्द्र समिर
३५. मोमिला जोशी
३६. अनन्त अनुराग
३७. रमेश क्षितिज
३८. बालिका थपलिया
३९. महेश पौडेल
४०. दुर्गा कार्की
४१. मनोज बोगटी
४२. नविन के क्षेत्री
४३. स्वप्निल स्मृति
४४. नवराज पराजुली
४५. सरिता तिवारी
४६. तिर्थ श्रेष्ठ
४७. भुमिका श्रेष्ठ
४८. राधा पौडेल
४९. सौरभ कार्की
५०. समा श्री
५१. भुपेन्द्र खड्का
५२. मिन कुमार नबोदित
५३. माया ठकुरी
५४. रोशन परियार
५५. प्रनिका कोयु
५६. सिलु जि न्यौपाने
५७. नदिश
५८. रविन्द्र मिश्र
५९. हिरण्य कुमारी पाठक
६०. गीता रेग्मी
६१. रजनी ढकाल
६२. आश्मा अर्याल
६३. शीवा शाह
६४. फराह गुजनावी
६५. अर्चना थापा
६६. चिराग बाङदेल
६७. दीपा पुन राई
६८. प्रणय राना
६९. विक्रम पवन परियार
७०. तिर्थ गुरुङ
७१. शैलेन्द्र अधिकारी
७२. नविन प्राचिन
७३. रजनीमीला
७४. सुजिव शाक्य
७५. केदार शर्मा
७६. मुकुल ढकाल
७७. इक्रम बस्रा
७८. प्रगति राई
७९. गोविन्द राज भट्टराई
८०. देबकी तिमल्सिना
८१. नारायण तिवारी
८२. निमेश निखिल
८३. प्रतिसरा सायमि
८४. सुमन पोखरेल
८५. रोशन शेरचन
८६. रुपेश श्रेष्ठ
८७. मधुवन पौडेल
८८. विष्णु एस राई
८९. बीना थिङ तामाङ
९०. अमित पोखरेल
९१. करुण थापा
९२. उमा सुवेदी
९३. राम गोपाल आशुतोष
९४. गीता त्रिपाठी
९५. महेश राना
९६. दिनेश अधिकारी
९७. मञ्जुश्री थापा
९८. श्रवण मुकारुङ
९९. सरुभक्त
१००. तुलसी दिवस

साक्षात्कारमा नेपाल बाहिर भारतीय, बंगलादेशी तथा पाकिस्तानी सर्जकहरुको पनि साक्षात्कार थियो भने नेपाल बाहिर रहेका धेरै नेपाली सर्जकहरुले पनि साक्षात्कारमा आफ्नो लेखन अनुभव बाढ्नुका साथै रचना वाचन गर्नु भएको थियो ।

बुकाहोलिक्सको साक्षात्कारलाई युट्युबमा बुकाहोलिक्सको च्यानलमा हेर्न सकिन्छ ।

Loading...