नेपाली साहित्यको सम्पूर्ण पत्रिका

बुकरमा हिलारीले कीर्तिमान रच्लिन् ?

द बुकर प्राइजेजले अन्तर्राष्ट्रिय बुकर पुरस्कारको लामो सूची जारी गरेको छ । लामो सूचीमा छानिएका १३ पुस्तकमध्ये यस पटक नौ वटा उपन्यास साना प्रकाशकका परेका छन् ।

यस्तो हुनुलाई साना प्रकाशकको साहित्य प्रतिको गहिरो रूचि तथा ठूला प्रकाशकको खतरा मोल्न नरूचाउने प्रवृत्तिका रूपमा अर्थ्याइन थालेको छ ।

प्रतियोगिताका लागि सहभागी १६२ वटा पुस्तकबाट यो लामो सूची निकालिएको हो ।

यस पटक सबैलाई आश्चर्यमा पार्ने गरी उपन्यासकार हिलारी मन्टेल पनि सूचीको मुख्य दाबेदारमा परेकी छन् । मन्टेलले यसअघि दुई उपन्यासमार्फत् बुकर पुरस्कार जितिसकेकी छन् । सन् २००९ मा वल्फ हल र २०१२ मा बिङ अप बडिज् मार्फत् उनले पुरस्कार हात पारेकी हुन् । उनको पछिल्लो उपन्यास द मिरर एन्ड द लाइटबाट पुनः लामो सूचीमा परेकी हुन् ।

त्यसो त बुकरमा दोस्रो पटक पुरस्कृत हुने अवसर मार्गरेट एटवुड, पिटर केरी र जिएम कोएत्जले पाएका छन् तर तेस्रो पटक पुरस्कृत हुने अवसर भने अहिलेसम्म कसैले पाएका छैनन् ।

यसबीच लेखिका मन्टेलले आफू यो पुरस्कारको उचित हकदार भएको प्रतिक्रिया दिएकी छन् । ९०० पृष्ठको यो उपन्यासमा बेलायती प्रधानमन्त्री थोमस क्रमवेलको जीवनको अन्तिम समयको कथालाई जीवन्त तरिकाले बयान गरिएको छ ।

यस पटकको सूचीमा पहिलो उपन्यासबाट नै बुकरको लामो सूचीमा पर्नेको संख्या आठ छ । डायन कुक, अवनी दोषी, ग्याब्रियल क्राउज, काइली रेइड, डग्लस स्टुआर्ट, ब्रान्डन टेलर, सोफी वार्ड तथा सी पाम झाङका उपन्यास पहिलो पटकमै यस सूचीमा परेका हुन् । नौ महिला र चार पुरूष यस सूचीमा परेको बुकर प्राइजेजले जनाएको छ ।

भारतीय मूलकी अवनी दोषीको पुस्तक नामांकनलाई लिएर भारतीयहरू पनि उत्साहित भएका छन् । उनी दुबईमा जन्मिएकी युवा लेखिका हुन् ।

‘लामो छलफलपछि जब यो सूची तयार भयो, फर्केर हेर्दा साना तथा स्वतन्त्र पुस्तक प्रकाशकहरू नै बढी जसो सूचीमा परेको पाउँदा खुसी लागेको छ,’ कम्पोसले गार्डियन पत्रिकालाई भनेकी छन् ।
प्रकाशकले खतरा मोल्दै महत्त्वाकांक्षी र सान्दर्भिक आख्यान ल्याउन भूमिका खेलेका छन्, कम्पोस थप्छिन्।

यी उपन्यासमध्ये छानेर ६ पुस्तकको छोटो सूची पनि जारी गरिनेछ । आउँदो सेप्टेम्बरमा जारी गरिने सो सूचीको विजेता नोभेम्बर महिनामा घोषणा हुने बताइएको छ ।

The 2020 Booker Prize longlist in full:

Diane Cook – The New Wilderness

Tsitsi Dangarembga – This Mournable Body

Avni Doshi – Burnt Suga

Gabriel Krauze – Who They Was

Hilary Mantel – The Mirror & The Light

Colum McCann – Apeirogon

Maaza Mengiste – The Shadow King

Kiley Reid – Such a Fun Age

Brandon Taylor – Real Life

Anne Tyler – Redhead by The Side of The Road

Douglas Stuart – Shuggie Bain

Sophie Ward – Love and Other Thought Experiments

C Pam Zhang – How Much of These Hills is Gold

Loading...