नेपाली साहित्यको सम्पूर्ण पत्रिका

कोरोनाको चपेटामा यौनकर्मीः हाम्रो नजर कहिले बद्लिन्छ ?

यौनकर्मीको विषयमा अनेक किताब लेखिएका छन्, चलचित्र बनेका छन् ।

गतवर्ष डिसेम्बरमा चीनको हुवान प्रान्तमा पहिलोपटक देखिएको कोरोना भाइरस हेर्दाहेर्दै विश्वभर कुनै विश्व प्रसिद्ध कम्पनीको पोडक्टजसरी फैलियो । कोरोनाको असर स्वास्थ क्षेत्रमा मात्र नपरेर यसले विश्व अर्थतन्त्रमा पनि ठूलो क्षती पुर्यायो । यसको औषधी अझैसम्म पनि पत्ता लागिसकेको छैन । अनुसन्धान र अनेकन अड्कलहरूका बीचमा धेरैले धेरै विषय उठाएर बोलेका छन् ।

कोरोनाको चपेटामा पर्यटन क्षेत्र सायदै सबैभन्दा बढी धरासायी । अधिकांश होटल र ट्राभल्स त उठ्नै नसक्ने स्थितिमा रहेको पाइन्छ । बैंकक जस्तो देशको अवस्था के भयो होला सोच्नूस् त ! जसको अर्थतन्त्र नै पर्यटनले धानेको छ । अझ यौनकर्मीले धानेका छन् भन्दा पनि फरक नपर्ला !

कृषिप्रधान देश भनिएता पनि पर्यटनको उत्तिकै सम्भावना हाम्रो देश हाम्रो पनि हो । कोरोनाको कारणले पर्यटन व्यवसाय र यस क्षेत्रबाट जीविका चलाइरहेका ठूलो श्रमशक्ति विस्थापित हुन पुगेको छ । यही कारण हो कि, भ्रमण वर्षको उद्घोषले केही चहकिलो भएको हाम्रा अनुहारले फेरि धमिल हुनुपर्यो ।

सान्दर्भिक पोस्ट

प्रेम

रूपक अधिकारी

निजि क्षेत्रका कामदार सबैभन्दा बढी मारमा छन् । निजि क्षेत्र धरासायी भएपछि त्यसको प्रत्यक्ष असर कामदारले नै भोग्ने हो । निजि क्षेत्रमा रोजगार गुमाउनेको बारेमा धेरैले धेरैपटक लेख्दा कसैको कलम पनि यौनकर्मीको कोठातिर घुमेको पाइनँ । मेरो एक नजिकको मित्रले यस विषयमा मेरो ध्यानाकर्षण गराउँदै भने, “यौनकर्मीको बारेमा केही लेखन केही ।”

तर के लेख्ने ? कसरी लेख्ने ? गम्भीर कुरा थियो ।

यौनकर्मी भन्नेबित्तिकै हामी पैसा लिएर यौनकर्म गर्ने बुज्दछौँ । तर यौनकर्मी यौनचाहनाका सारथी मात्र हैनन् । यौनकर्म त उनीहरूको काम मात्र न हो, जस्तो म यहाँ उनीहरूमाथि लेख्ने काम गरिरहेको छु । तर कसले बुझ्ने ?

हाम्रो देशमा यौनकर्मीलाई हेर्ने दृष्टिकोण देख्दा पनि उदेक लाग्छ । यो त्यो समाज हो जहाँ साँझमा कुनै होटलको मैलो कोठामा यौनकर्मीको शरीरसँग खेलेर भोलिपल्ट सभ्य नागरिकको बहसमा निस्किन्छ भलाद्मी । त्यस्तो समाजमा उनीहरूका सुख दुःखका बारेमा बोल्नु वा लेख्नु चानचुने कुरा हैन ।

हाम्रो समाजमा ज्यालादारी मजदुर र यौनकर्मीको अवस्था लगभग उस्तै छ । दयनीय ।

यौनकर्मी अर्थात् हाम्रो जरुरतको साथी तर हामी त्यति सजिलै यो कुरा स्वीकार्दैनौँ । हाम्रो साथी महिला र पुरुष दुबै हुनसक्छन् तर यौनको कुरा आउनेबित्तिकै हाम्रो समाजमा महिलालाई मात्र हेयको दृष्टिले हेरिन्छ । लाग्छ, महिलाहरू मात्र उपभोगका वस्तु हुन् । उनीहरूमा यौनको चाहाना हुनु वा देखाउनु असामाजिक हो । अझ यौनकर्मीका बारेमा गरिने कुरा र चियागफ होस् वा भट्टी गफमा प्रयोग गरिने शब्दहरू नै होस्, सुन्दा लाग्छ- यौन पुरूषहरूको मात्र मुद्दा हो । चाहाना र इच्छा हो ।

यौनकर्मी महिला र पुरुष दुवै हुन्छन् । हाम्रो समाजमा पनि दुवैथरिका यौनकर्मी रहेको अध्ययनले देखाउछ । तर यो बिषयमा कोही पनि खुलेर कुरा गर्दैनन् भलै अधिकतम महिला वा पुरुषले यौनकर्मीको साथ लिएकै हुन्छन् ।

यौनकर्मीको पनि आत्मसम्मान हुन्छ भन्ने चेत हाम्रो समाजमा अझै विकास हुन सकेको छैन । जुन लज्जाको विषय हो, कमसेकम मेरा लागि ।

यौनजन्य गतिविधिबाट दैनिकी चलाउने वा यौनकर्मलार्इ नै पेशा बनाएकाहरू यौनकर्मी हुन् । मान्छे, अझ हाम्रो समाज यौनका कुरामा बहस गर्ने ल्याकत राख्दैन । यौन जघन्य अपराध भएझैँ व्याख्या गर्छ । यस विषयलार्इ रहस्य बनाउन चाहान्छ । तर फोनमा वा सन्जालमा यौनजन्य कुराकानी गरेर आफ्नो शरीरको गर्मी पखाल्न पनि लागिपर्छ । जुन यौनकर्म हो । यसरी हेर्दा हाम्रो स्वभावमै यौन छ । तर यौनकर्मीको पनि आत्मसम्मान हुन्छ भन्ने चेत हाम्रो समाजमा अझै विकास हुन सकेको छैन । जुन लज्जाको विषय हो, कमसेकम मेरा लागि ।

यौन पेशा, सेवा वा व्यवसाय के हो ? कसैले खुलेर भन्न सकेको अवस्था छैन । सायद त्यही भएर हुनुपर्छ यौनकर्मीहरूको कोठामा हामीमध्ये धेरैको कलम पुगे पनि संवेदना पुग्न सकेको छैन । के यौनकर्मीहरू मानव हैनन् ? उनीहरूको संवेदना र आत्मसम्मान केही पनि हुँदैन ? के उनीहरूको जीवनमा बन्दाबन्दीले केही प्रभाव पारेको छैन ?

कसैको दुखदायी जीवनमा निमेषभर भए पनि खुसीको अनुभूति दिलाउने खुबी भएका यौनकर्मी मेरो नजरमा भगवानभन्दा कम छैनन् ।

सरकारले वैधानिकता दिएका मुलुकहरूमा पनि यो बन्दाबन्दीमा यौनकर्मीहरूको बारेमा कसैले चासो लिएको पाइँदैन । अझ नेपालको हकमा त यौनकर्मीलाई अपराधीको नजरमा हेर्ने गरिन्छ । कसैको दुखदायी जीवनमा निमेषभर भए पनि खुसीको अनुभूति दिलाउने खुबी भएका यौनकर्मी मेरो नजरमा भगवानभन्दा कम छैनन् । किनकि उनीहरू मात्र यस्ता पात्र हुन् जो धोका दिँदैनन् र सबैभन्दा बढी पीडित पनि छन् ।

केही समयअघि संसदमा समेत उठेको कुरा आज किन कसैका ओठमा छैनन् । के यौन राजनीतिक प्रश्न मात्र हो ? वा यौन पितृसत्तात्मक सोचको कुन्ठा हो ?

केही समय पहिले मैले आफ्ना फरक तीन यौनकर्मी साथीसँग कुराकानी गरेको थिएँ, जसमध्ये पुरुष यौनकर्मीको जीवन केही सजिलो थियो । महिला यौनकर्मीले सुरक्षाको अनुभूति गर्दैनन् र तेस्रो लिङ्गी साथीको अवस्था सबैभन्दा दयनीय छ । यसमा म आफैँले गर्न सक्ने कुरा धेरै केही छैन, तर पनि उनीहरूसँग खुलेर मत्रवत् कुरा गर्छु, यसैमा उनीहरू अनुहारमा खुसीको खुसी फुलाउँछन् ।

यौनकर्मीको विषयमा अनेक किताब लेखिएका छन्, चलचित्र बनेका छन् । तर यसले यौनकर्मीहरूको जीवनमा कुनै सकारात्मक प्रभाव पार्न सकेको छैन ।

यौनकर्मीको विषयमा अनेक किताब लेखिएका छन्, चलचित्र बनेका छन् । तर यसले यौनकर्मीहरूको जीवनमा कुनै सकारात्मक प्रभाव पार्न सकेको छैन । यस मुश्किल घडीमा उनीहरूको बारेमा बोल्ने कोही पनि छैनन् । मलाई लाग्छ, यस विषयमा खुलेर गर्नुपर्छ र एउटा निचोडमा पुग्नुपर्छ भन्ने लाग्छ ।

यो समाज यति सजिलै सुधारको बाटोमा हिँड्नेवाला छैन, किनकि यहाँ नेपोटिज्ममा (नातावाद) बहस हुन्छ । र बहस गर्नेहरू नातावादले नै त्यो स्थानमा बसेका हुन्छन् । जसरी पिढी दरपिढी अन्धविश्वासको हद बढ्दै गएको छ, त्यसरी नै यौनकर्मीप्रति हेर्ने नजरिया पनि कायमै छ । म चाहन्छु कि मानवसभ्यताको सुरुवातसँगै हुर्किएको यौनकर्मलाई हेर्ने नजिर बदलियोस् । अब यौनकर्मीहरूको जीवनमा लामो समयदेखि लागेको लक डाउन फुकुवा होस् ।

Loading...