नेपाली साहित्यको सम्पूर्ण पत्रिका

संसारका अद्भूत चित्रकला २

लियोनार्दो दा भिन्सी

जीवनको एउटा मोडमा उभिएपछि लियोनार्दो दा भिन्सीले भनेका थिएः

हे ईश्वर मलाई माफ गरिदेऊ । मलाई माफ गरिदेऊ कि मैले तिम्रो उत्तम सिर्जनालाई जति उम्दा स्वरूप दिन सक्नुपर्थ्यो, सकिनँ ।

भिन्सी एक चित्रकार, कलाकार मात्र थिएनन्, इन्जिनियर, वैज्ञानिक, दार्शनिक र संगीतकार पनि थिए । विविध विषयमा उनको वृहद ज्ञानको प्रशंसा अद्यापि हुने गरेको छ ।

सान्दर्भिक पोस्ट

संसारका अद्भूत चित्रकला १

यहाँ चर्चा गर्न लागेको सर्वकालीक महान् चित्रकलामध्येको एउटा हो । र, त्यो हो- मोना लिसाको चित्र । मोना लिसाको अर्थ माई लेडी ।

यो चित्र फ्रान्सको लुभ्र दरबारस्थित ग्यालरीमा बुलेट प्रुफ सिसाले बेरेर राखिएको छ । यो चित्रको सुन्दरताका कारण सदियौँदेखि यी महिला को हुन् भन्ने छलफल, वादविवाद चलिआएको छ ।

खासगरी चित्रमा देखिएको अनुहारको हाउभाव, खुला तर खुलिनसकेको मृदु मुस्कानका कारण यस चित्रलाई अमर बनाइदिएको विज्ञहरूको धारणा छ ।

यो चित्रको मूल विशेषता भन्नु नै तपाईंले जुन कोणबाट यो चित्रमा हेरे पनि तपाईंलाई नै हेरेजस्तो महसुस गराउनु हो । यो चित्रमार्फत् लियोनार्दो दा भिन्सीले मानिसको मनोवैज्ञानिक सम्बन्ध कायम गरेका छन् । यस्तो उम्दा प्रयोग यसअघि चित्रमा प्रयोग भएको थिएन । यो कति प्रभावशाली बन्न पुग्यो भने त्यसपछिका कयौँ चित्रकारहरूले यसलाई नक्कल गरिहाले ।

मोना लिसाको चित्र यति जीवन्त किन छ त ? विज्ञहरू भन्छन्, मोना लिसाको छालाको कमनीयता, भुक्क उठेका हात, चम्किला कपाल, आँखाको उज्यालोजस्ता कुरा चित्रमा त्यसै छिर्दैन । यसका लागि कलाकारिताको मिहिनता चाहिन्छ ।

मोना लिसाको बसाइ, उनको लवाइ, आनन्ददायी भावजस्ता कुराले उनको भाव प्रकट भने हुँदैन । जस्तो कि उनको भाव बुझ्न मुख, आँखा मात्रले पर्याप्त छैन । रोचक त के छ भने उनको ओठले बेग्लै भाव दर्शाउँछ, आँखाले भने हास्यको कुनै छनक पनि दिएको छैन ।

विज्ञहरू भन्छन्, मोना लिसाले जुन लुगा लगाएकी छन्, त्यो बेला बनाइएका अधिकांश मिथकीय पात्रहरूले लगाउने किसिमकै छ । धार्मिक वा ऐतिहासिक पात्रकै जस्तो छ, जसले एक किसिमको चाह अभिव्यक्त गर्ने गर्छ । तर यो चित्र त्यो बेला बनाइने मिथकीय पात्रहरू भेनस वा म्याडोना या अन्य दैवीय पात्रहरूजस्तो छैन ।

यसको अर्थ हो, मोना लिसामार्फत् लियोनार्दा दा भिन्सी त्यो बेलाका सबै मूल्यमान्यता तोड्न चाहन्थे र एउटी सामान्य स्त्रीलाई नै मिथक बनाउन चाहन्थे ।

उसो भए तपाईं लुभ्र जानु भयो भने यो चित्रमा के ख्याल गर्ने त ?

विज्ञहरू भन्छन्, मोना लिसाको मुस्कान, उनको आँखा वा आई कन्ट्याक्ट, हातको पोस्चर, कपाल र निधार, पृष्ठभूमिमा रहेको पुल र नदी, उनले लगाएको कपडाको अवस्थितिजस्ता कुरालाई मिहिनतापूर्वक हेर्नुभयो भने तपाईंले दा भिन्सीको कलाको परख गर्नुभयो । अन्यथा, तपाईंले चित्र मात्र हेर्नुभयो, परख गर्नुभएन ।

Loading...