नेपाली साहित्यको सम्पूर्ण पत्रिका

नेपाली कविताको प्रादेशिक इतिहास लेखिँदै

नेपाल प्रज्ञा प्रतिष्ठान

नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली कविताको वृहद् इतिहास तयार पार्ने भएको छ । यसका लागि शुरूमा प्रादेशिक कविताको इतिहास तयार पारिनुपर्ने भएका कारण त्यसमा काम थालनी गरिएको प्रतिष्ठानले जनाएको छ ।

प्रज्ञा–प्रतिष्ठानको साहित्य (पद्य/काव्य) विभागले ‘नेपाली कविताको प्रादेशिक इतिहास’ तयार पार्ने र त्यसका लागि मुख्य जिम्मेवारसमेत तोकिएको छ ।

प्रा. डा. हेमनाथ पाैड्याल

विभागका प्रमुख प्राज्ञ प्रा.डा. हेमनाथ पौडेलले मुलुकका सातओटै प्रदेशका नेपाली कविताको प्रादेशिक इतिहास लेखनको कार्य आरम्भ भइसकेको जनाए ।

पौडेलका अनुसार नेपाली कविताको प्रादेशिक इतिहास लेखनका लागि प्रदेश नं. एकका लागि प्रा.डा. भोलानाथ पोखरेल, दुईका लागि तोयाराज घिमिरे, वाग्मती प्रदेशका लागि डा. गीता त्रिपाठी, गण्डकी प्रदेशका लागि प्रा.डा. यदुनाथ ढकाल, प्रदेश पाँचका लागि डा. विन्दु शर्मा, कर्णाली प्रदेशका लागि प्रा. जगत्प्रसाद उपाध्याय र सुदूरपश्चिम प्रदेशका लागि श्यामसुन्दर ढकाल र बद्रीप्रसाद बिनाडीलाई जिम्मेवारी प्रदान गरिएको छ ।

प्राज्ञ प्रा.डा. पौडेलले भने, “प्रादेशिक इतिहास तयार भएपछि प्रज्ञा–प्रतिष्ठानको केन्द्रीय योजनाअन्तर्गत ‘नेपाली कविताको इतिहास’ लेखन कार्यको थालनी गरिने छ ।”

Loading...