नेपाली साहित्यको सम्पूर्ण पत्रिका

पत्रकार अधिकारीको कवितासंग्रह सार्वजनिक

m

साहित्यपोस्ट

पत्रकार तथा कवि रमेशचन्द्र अधिकारीको कवितासंग्रह ‘‘बुढो गौंडा र इष्टेनीहरु’ सनिबार सार्वजनिक भएको छ । शिल्पी थिएटरमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार तथा संस्कृतिविद् तुलसी दिवसले संग्रह सार्वजनिकरण गरेका हुन् ।

m

पुस्तक सार्वजनिक गर्दै साहित्यकार दिवसले ‘बुढो गौंडा र इष्टेनीहरु’ कविता संग्रहले पूर्वाञ्चलको पुरानो मुकामको रुपमा अवस्थित धनकुटा बजार अर्थात् गौडालाई उजागर गरेको बताए । ‘धनकुटाको सुन्दरता र मर्मलाई जो कसैले बुझ्न सक्दैनन्,’ उनको भनाइ थियो, ‘यस कवितासंग्रहले त्यहाँको रितीरिवाज, साँस्कृतिक र ऐतिहासिक पक्षलाई समेटेको छ ।’

पुस्तकमाथि टिप्पणी गर्दै साहित्यकार डा. रत्नमणि नेपालले कवितासंग्रहले धनकुटाले फैलाएको संस्कारलाई पुनर्ताजगी गरेको बताए । उनले कवि अधिकारीले साँस्कृतिक विविधता र भौगोलिक विविधतालाई महत्वपूर्ण स्थान दिएकोमा खुसी व्यक्त गरे । उनले धनकुटामा मात्र बसोबास गर्ने आदिवासी आठपहरिया समुदाय र प्रशासनिक थलोको रुपमा रहेको गौंडालाई बिम्बको रुपमा कवितामा पस्किएको बताए ।

m

कार्यक्रममा साहित्यकार तथा प्रकाशक संस्था पूूर्वाञ्चल साहित्य प्रतिष्ठानका महासचिव गोकुल अधिकारी, साहित्यकार पवन आलोक, पत्रकार राजेश राईलगायतले पत्रकारितामा स्थापित कवि अधिकारीले साहित्यको क्षेत्रमा पनि बलियो उपस्थिति देखाएको टिप्पणी गरे ।

‘‘बुढो गौंडा र इष्टेनीहरु’ कविता संग्रहका लेखक कवि अधिकारीले पृथ्वीनारायण शाहको पालादेखिको प्रशाशनिक थलो धनकुटा प्रादेशिक संरचनामा मुलुक गएपछि राजधानी हुनबाट बञ्चित भएपछि आफूले पुनःस्मरण गराउनमात्रै चाहेको बताउए । कार्यक्रममा उनले शीर्ष कविता वाचन गरेका थियो । कार्यक्रममा धनकुटामा बसोबास गर्ने आदिवासी आठपहरिया जातिका महिलाहरु मौलिक भेषभुषामा उपस्थिति थिए । आठपहरिया समुदायका महिलालाई स्थानीयले इष्टेनी र पुरुषलाई इष्ट भनेर सम्बोधन गर्दछन् ।

कान्तिपुर दैनिकका धनकुटा उपसम्पादक रहनुभएका अधिकारीले चार वर्षअगाडि गीतीसंग्रह ‘पहिलो स्पर्श’ सार्वजनिक गरेका थिए । पुस्तक प्रकाशन पूर्वाञ्चल साहित्य प्रतिष्ठानले गरेको हो ।

Loading...