नेपाली साहित्यको सम्पूर्ण पत्रिका

अनेसासको सल्लाहकारमा सात जना मनोनित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास, केन्द्रीय कार्यसमितिको सल्लाहकारमा सात जना मनोनित भएका छन् । अनेसासका अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षतामा आइतबार बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो |

मनोनित हुनेहरूमा एलबी. क्षेत्री (नेपाल), निवर्तमान अध्यक्ष राधेश्याम लेकाली, एनआरएनए अध्यक्ष कुमार पन्त र त्रिवि प्रतिनिधि डा. लक्ष्मणप्रसाद गौतम, डा. पुष्पा शर्मा (भारत ), राम खत्री (अमेरिका) र सुमलकुमार गुरुङ (युरोप ) हुनुहुन्छ ।

अनेसासको विधान अनुसार ७ जनासम्म सल्लाहकार मनोनित गर्नसक्ने व्यवस्था रहेको छ । त्यही व्यवस्थालाई उपयो गर्दै अनेसास केन्द्रीय कार्य समितिले सात जनालाई सल्लाहकारमा मनोनित गरेको हो ।

मनोनित सल्लाहकारहरूको कार्यकाल दुई वर्षको रहनेछ ।

 

प्रतिक्रिया
Loading...