नेपाली साहित्यको सम्पूर्ण पत्रिका

उमेश लिम्बुका पेन्सिल स्केचहरू

धरमपुर ४ झापामा जन्मिएका उमेश लिम्बुको सानैदेखि चित्रकलामा रूचि थियो।

विद्यालय तहमा चित्रकला तथा हस्तकला विधामा थुप्रै पटक पुरस्कृत लिम्बु आफूलाई स्वअध्ययनले यहाँसम्म आइपुगेको ठान्छन्। यद्यपि उनी व्यावसायिक कलाकार हैनन् तर पनि उनको स्केचहरू कुनै व्यावसायिक चित्रकारको भन्दा कम छैन।

उमेश लिम्बु

विशेषगरी पेन्सिल चित्रमा पोख्त उनी आफूले सिक्ने अवसर नपाएको र वरिपरि कलागुरूहरू नभेटिएको कारण कलायात्रा भनेजस्तो अगाडि बढाउन नसकेको स्वीकार्छन्।

जीवनयापनका क्रममा विदेसिन विवश लिम्बुले फुर्सदको समयहरूमा आफ्नो रूचिलाई माया मार्न नसक्दा फाट्टफुट्ट चित्रहरू कोरिरहेको बताए ।

हाल उनी दक्षिण कोरियामा कार्यरत छन् साथै फुर्सदको बेला आफूजस्तै कला र संगीतमा लागेका साथीहरूसँग सिर्जनात्मक अभ्यास गर्न रूचाउने लिम्बु दक्षिण कोरियामा रहेका कलाकारहरूको गौरवशाली संगठन नेपाल ललितकला मञ्चका अध्यक्षसमेत हुन्।

उनले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चित व्यक्तिहरूका मुहार चित्रहरू हुबहु उतार्न सफल भएका छन्। हलिउड नायिका केट विन्सलेट्, मदर टेरेसा, सलमान खान, ब्रुस लीदेखि नेपालका चर्चित कवि एवं लेखक प्रकाश आङदेम्बे र अल्ट्रा धावक मीरा राई सम्म उनका स्केचमा अटाउन सफल भएका छन्।

भविष्यमा पनि चित्रकारितालाई निरन्तरता दिइरहने उनको भनाइ छ । आज हामी उनै कलाकार उमेश लिम्बुको पेन्सिल स्केचहरू अवलोकन गर्नेछौँ ।

प्रतिक्रिया
Loading...