नेपाली साहित्यको सम्पूर्ण पत्रिका

डराउनू !

छोरा,

समयको भारीले झन झन कँसिएर होला

यो नाम्लोको गाँठो पटक्कै खुल्दैन !!

तिमीले चाहिँ

सान्दर्भिक पोस्ट

इरास्साइमासे !

हेमन्त गिरी

सजिलै गाँठो खुल्ने टाइ बाँध्नु पर्छ है !!

यस्तै भनेका होइनन बाबाले कुनै दिन

छोरी,

दुई चार रूपैयाँ दान दक्षिणा पनि अडिदैँनन्

यो बाह्र हाते पटुकीमा ११

तिमीले चाहिँ

सुख अट्ने गोजी भएका सूट लगाउनु पर्छ है !

यस्तै भनेकी होइनन आमाले पनि रु१

कती साना आँखाले

कती ठूला सपना देख्छन बा-आमाहरू !

कती होच जिन्दगी बाँचेर

कति अग्लो जीवन देखाइदिन्छन बा-आमाहरूले !

भेटाएको छ कुनै सन्तानले आजसम्म

बाबुको काँध भन्दा अग्लो शिखर ?

फेला पारेको छ कुनै सन्तानले आजसम्म

आमाको काख भन्दा फराकिलो आँगन र?

फेरि

किन भेटिँदैनन

सहरका ठुला घरहरूमा

टाइ-सुट हेर्ने इच्छा गरेका आँखाहरू रु१

किन भेटिँदैनन्

सुकिला जिन्दगीहरूको वरिपरि

टाई-सूटका सपना देखाइदिने फुस्रा जिन्दगीहरू ?

हे छोराछोरी हो,

मरे पछि

उनीहरूले इच्छ्याएको

घाटमा नपुर्याइदिए हुन्छ बरू

तर जिउँदै आश्रममा

कुनै बा-आमालाई नपुर्याउनू बिन्ती !!

थाप्लोको नाम्लो र कम्मरको पटुकी

घाँटीमा सर्न कती बेर लाग्छ र ?

तिमी डराऊनू।।

तिम्रो वीर्यमा, तिम्रो कोखमा

तिम्रो काँधमा,तिम्रो काखमा

समयको फल लागिसकेको छ,

तिमी डराऊनू।।।

पूर्व जन्म र पुनर्जन्म सबै भ्रम हुन

यो जन्मको फल यही जन्ममा मिल्छ,

तिमी डराऊनू ११

बिन्ती,

बा-आमालाई आश्रम नपठाऊनू !!

जापान

प्रतिक्रिया
Loading...