नेपाली साहित्यको सम्पूर्ण पत्रिका

भालुलाई कविता

हजुर सर । खुलामन्चमा खाना खाइरहेका मान्छेबारे रिपोर्टिङ गरेको छु । कति परिवारको त घरमा पिउने पानीसम्म छैन । त्यहीँ बोतल बोकेर आउँदा रहेछन् ।

प्रिय पाठकवृन्द ! खासमा म आज बेहद खुसी छु । मन गुलजार छ । रसियन भाषामा मेरो एउटा कविता अनुदित भएछ । तपाईंहरुलाई थाहै छ, म रसियन बुझ्दिनँ । अंग्रेजी जसोतसो बुझ्छु । ताल परेमा समाचार अनुवाद पनि गर्छु । तर, कविता चाहिँ सक्दिनँ ।

मैले रसियनमा अनुदित आफ्नो कवितालाई गुगल ट्रान्सलेट गरेँ, नेपालीमा । ओहो, कविता त वर्षौंपछि प्लास्टिक सर्जरी गरेको अनुहार जस्तो देखियो ! आफ्नै कविताको यति घीनलाग्दो अनुहार हेर्न मन लागेन, गुगल क्रोम अफ गरेँ । फेरि अन गरेँ । यसपटक भने अंग्रेजीमा ट्रान्सलेट गरेँ । यसपटक अनुहारको आकार चाहिँ आयो, तर कविताको मुस्कान गायब छ । मुस्कान मात्र होइन, कविताको उज्यालो पनि गायब छ । दिक्दार लाग्यो । गुगल क्रोम फेरि अफ गरेँ ।

यसरी आफ्नै कविताको विदीर्ण अनुहार कसलाई मनपर्छ र ! तपाईंलाई मनपर्छ भने कमेन्टमा भन्नोस् ।

यस्सो सोचिपठाएँ, आफ्नो कविता आफैं मनमनै रसियन भाषामा अनुवाद गर्दा कसो होला ? गरिहेरौँ न त । आँखा चिम्म गरेँ । मनमनै सोच्न थालेँ –
साइबेरिया । हिउँ नै हिउँ । हिउँहरु टाढाबाट हेर्दा मात्र राम्रो भनेर हुम्लातिरको साथीले भन्थे, हो रहेछ । हिउँ टाढैबाट हेरेकै राम्रो रहेछ । सुन्दरता टाढैबाट हेरेको राम्रो रहेछ । दूरी बनाएरै हेरेको राम्रो रहेछ । दूरी सकिएपछि आकर्षण स्वतः घट्दो रहेछ । चिसोबारे अहिलेको फेसबुके पुस्ताको भाषामा भन्दा, ‘फिलिङ अत्ति कोल्ड ।’

हिउँको चिसोले जीउको छाला परपर उप्काइरहेको छ । काठमाडौंमा बसेको मान्छे । भदौ महिनाको वेला । गर्मी हल्का हुने नै भयो । गर्मीको समय भएकाले काठमाडौंबाटै स्याण्डु र हाफ पाइन्टमा आएको रहेछु । अब यस्तो चिसो ठाउँमा मेरो हालत कस्तो छ, ठ्याक्कै थाहा छैन । प्रज्ञाप्रतिष्ठानले जारी गरेको शब्दकोश एप खोल्नुपर्छ, शब्दमार्फत् भन्नका लागि । तर, शब्दकोशमा के अर्थ भेटिएला र ! ‘जनजाति’ शब्दको अर्थमा लेखेको छ, ‘ज्ञान–विज्ञानको हिसाबले केही पछि परेको पछौटे जाति ।’ ‘जनजाति’माथि यस्तो मजाक गर्ने भाषा–साहित्यको उत्थान गर्न खोलिएको प्रतिष्ठानको शब्दकोषमा त शब्दको अर्थहरु दिनदहाडै बलात्कृत हुन्छन्, म कहाँ खोज्न जाउँ यो चिसोको अर्थ खोज्न ? नन्दलाल अधिकारीको ज्यान अनसनमै जाने, निर्मला पन्तको हत्याराले कानुनको खादा लगाउने देशमा शब्दको अर्थहरु यसरी बलात्कृत हुनु कुन नौलो कुरा रह्यो र !

प्रिय पाठकवृन्द, अहिलेलाई यो साइबेरियाको चिसोबारे अथ्र्याउन असमर्थ छु । क्षमा दिनुहोस् !

म हाफ पाइन्ट, गन्जी, म्याजिक चप्पल र हातमा आफ्नो रसियन भाषामा अनुदित कविताहरुको प्रिन्ट कपीसँग छु ।

अँ, म चिसोमा लुगलुग काँपिरहेको थिएँ, छेवैमा हिउँ भालु बसिरहेको रहेछ । म हाफ पाइन्ट, गन्जी, म्याजिक चप्पल र हातमा आफ्नो रसियन भाषामा अनुदित कविताहरुको प्रिन्ट कपीसँग छु । मलाई कविता सुनाउन उत्कट रहर छ । तर, कसलाई ?

सोचेँ । निक्कैबेर सोचेँ –अब यही भालुलाई सुनाउनुपर्यो ।

‘सर, म कवि ।’

भर्खर जमेको हिमताल छेडेर निकालेको माछा प्रातलीन भोजन गर्न आँटेको भालुले मलाई पुलुक्क हे¥यो । नियालेर हे¥यो । भोकले लखतराम परेको मेरो आँखाले माछो हेर्यो । तर, सय वर्षसम्म पनि लास जस्ताको तस्तै रहने यस्तो चिसोमा काँचो माछा कसरी खानु ? काँचो सम्झनसाथ मुखबाट ह्वास्स काँचो रगतको गन्ध आयो ।

‘हा हा हा.. । कवि रे ?,’ हाँस्तै भालुले भन्यो ।

‘हजुर सर ।’

‘कहाँबाट आएको ? मंगल ग्रहबाट ?’

पक्कै पनि मलाई फुच्चे तथा नांगुटे देखेर उसले एलियन सोचेको हुनुपर्छ । नत्र किन मंगल ग्रहको नाम लिन्थ्यो र ।

‘होइन सर, म भगवान् राम जन्मेको देश नेपालबाट ।’

‘कस्तो भगवान् हो यो फेरि ?’

‘भगवान् भनेपछि भगवान् नि सर । जसको दोस्रो नामै हुँदैन ।’

‘ह्या… छाडिदे यो तोरी भगवान् सगवान् । बरु भन् तँ, कस्तो खालको कवि होस्?’

‘सर म कम्युनिस्ट कवि ।’

‘कस्तो खालको कम्युनिस्ट कवि हो ?’

‘प्रगतिशील क्या सर !’

‘जस्तै ?’

‘मलाई नेपालमा दोस्रो पाब्लो नेरुदा भन्छन् । धेरैले चाहिँ पब्लो नेरुदाको नकरात्मक अनुवाद भन्छन् ।’

(भालु एकछिन अलमलमा पर्यो । भालुलाई नेरुदा थाहा थियो कि क्या हो ! थाहा थियो भने त बित्यास पर्छ । तर, भालुलाई पनि नेरुदा थाहा थिएनछ । उसले नेरुदाबारे चासै राखेन ।)

‘अनि तँ नेपालमा के गर्छस् ?,’ प्रसंग पेसामा बदल्यो उसले ।

‘सर, म खाद्य संस्थानमा काम गर्छु ।’

‘यतातिर त कवि–लेखकहरु एकेडेमिक संस्थानमा बसेर ठूला ठूला खोज अनुसन्धानको काम गर्छन् त ?’

(भालुको प्रश्नले एकछिन सोच्न बाध्य गरायो । म कवि भनिरहेछु । तर, खाद्य संस्थानमा काम गरिरहेको छु ।)

त्यसपछि पार्टीले मेरो योगदानको कदर गर्दै खाद्य संस्थानमा नियुक्ती दिएको ।

‘मैले पनि प्रज्ञाप्रतिष्ठानमा प्राज्ञ हुनलाई पार्टीसँग लबिइङ गरेको थिएँ । तर, त्यहाँ मलाई राख्न गाह्रो भयो । त्यसपछि पार्टीले मेरो योगदानको कदर गर्दै खाद्य संस्थानमा नियुक्ती दिएको । बल्लतल्ल सरकारमा पुगेकै वेला त आफ्नो कार्यकर्तालाई सेटल्ड गर्ने हो ।’

(अलि लामै वाक्य बोलेँछु । भालु एकछिन अक्मकियो ।)

‘अनि खाद्य संस्थानमा काम चाहिँ के गर्छस् ?’

‘कोरोनाले संसार आक्रान्त छ सर । आफ्नो कार्यकर्ता जोगाउनै मुस्किल छ । त्यही भएर कार्यकर्तालाई राहत बाँड्छु ।’

‘अनि आम नागरिकलाई चाहिँ बाँड्दैनस् ?’

‘आफ्नै कार्यकर्तालाई त पुग्दैन सर । नागरिकता र वडाको सिफारिसविना दिन मिल्दैन भन्छु । विचरा, सहर आएर कोठामा बस्नेहरुलाई कुन वडाले सिफारिस देओस् र !’

‘अनि तेरो कामको प्रगति विवरण यति नै हो ?’

‘होइन सर, अरु पनि छ । मैले अस्ति भर्खरै लकडाउनअघि गोदावरीमा ३३ लाखमा चारकुने घडेरी जोडेको छु ।’

(सरी प्रिय पाठक । फ्याट्टै सत्य बोलिगएँ, माफ पाउँ । जीवनमा अहिलेसम्म मैले सत्य बोलेको थिएन । आज कसो कवि मन पग्लिइहाल्यो । तर, यो मुला भालुलाई गोदावरी कहाँ पर्छ के थाहा ? काठमाडौंमा घर बनाउन कति गाह्रो छ यसलाई के थाहा ? हिउँमा बस्या छ, माछा खा’छ । यसलाई शक्तिको स्वाद के थाहा ! )

‘तँ कम्युनिस्ट कवि । तेरो सरकार पनि कम्युनिस्ट नै होला । अनि कम्युनिस्टले यस्तै काम गर्छन् ?’

‘बाधयता सर बाध्यता । कर उठ्न छाड्यो । कर उठाउनकै लागि अस्ति करमन्त्रीले लकडाउन खोलेको थियो । सरकारको बिजोग छ सर ।’

(यसलाई करमन्त्रीको नाम के थाहा । करमन्त्रीले राजीनामा दियो भनेर के थाहा , हगि त पाठक ! जे भने नि भइगो ।)’

‘भैगो छाडिदे । के केको नाम लिइस्, मैले मेसो पाउन सकिनँ । बरु भन्, कस्ता कस्ता कविता बोकेको छस् ?’

(मैले भन्दै थिएँ नि ! यसले केही बुझ्दैन भनेर । प्रसंग बदलिहाल्यो । तर, म खुसी छु प्रिय पाठक  ! यसले मेरा कविताबारे सोध्यो ।)

‘कविता….,’ प्रिन्ट कपीहरु हेरेँ, तीन वटा रहेछ, ‘कविता त सर एउटा कम्रेड लेनिनमाथि रहेछ, अर्को कम्रेड स्टालिनमाथि र अर्को… आफ्नै सरकारको चरित्रमाथि । तर, यो कविता चाहिँ नेपालमा प्रकाशन गरेको छैन । प्रकाशन गरेँ भने खाद्य संस्थानबाट हात धुनुपर्छ मैले ।’

‘त्यस्तो के लेखिस् ए ?’

भालुले चराबारे सोध्यो । चरा साइबेरियाबाट जाडो छल्न टौदह आएको । र सबै समूह फर्कँदा ऊ सानो भएकाले टौदहमै रोकिएको ।

(मैले अहिलेको हाम्रो सरकारबारे बताएँ । सरकारको गैरजिम्मेवारीपनबारे बताएँ । र त्यसमा मेरो सहभागिताबारे बताएँ । जनतालाई दिएको सास्तीबारे त बताइसकेको थिएँ ।)

यतिवेलै एउटा चरो उडेर मछेउमा आयो । टुचुक्क बस्यो । जाडो भएको होला भनेर उसले मलाई पखेटाभित्र राख्यो । पखेटा कस्तो न्यायो रहेछ । लुगलुग काँप्न छाडेँ । भालुले चराबारे सोध्यो । चरा साइबेरियाबाट जाडो छल्न टौदह आएको । र सबै समूह फर्कँदा ऊ सानो भएकाले टौदहमै रोकिएको । अन्तिममा हुर्किएपछि ऊ साइबेरिया आउन लागेको पत्तो पाएपछि म उसको पखेटामाथि बसेर साइबेरिया आएको बताएँ । )

‘तेरो कम्युनिस्ट सरकारको चरीत्र त खत्रा रहेछ त !,’ भालुले चरामाथिभन्दा मतिरै प्रसंग सोझ्यायो ।

‘कस्तो खत्रा सर ?’

‘यी यसरी’ भन्दै भालु फुत्त उफ्रियो । मतिर झम्टियो । चरालाई क्वाप्प एक गाँस लगायो । धन्न मलाई चाहिँ लगाएन ।

चरा चिच्याउँदै थियो । तर, चिच्याउनु र उसले गाँस लगाएर निल्नु सँगै भइदियो । चरा निलिसकेपछि बोल्यो, ‘थाहा पाइस्, कस्तो रहेछ तेरो सरकार ?’

म केही बोलिनँ । बोल्न सके पो बोल्नु । सास रोकिएको छ । मुटु उफ्रिएर छाती बाहिर निस्केला जस्तो छ । जीवनमा यतिसाह्रो डर जनयुद्धमा छापामार भएर आर्मीको क्याम्प छेउको पसलमा क्रान्तिका लागि चन्दा उठाउँदा पनि लागेको थिएन ।

‘तेरा तोरी कविता बोकेर भाग्छस् कि तपाईं पनि..,’ उसको वाक्य नसकिँदै आँखा चिम्म गरेर बेतोड भागेँ ।

………

ब्युझँदा गंगा नदीको किनारमा लम्पसार परिरहेको थिएँ । बल्ला पो थाहा पाएँ, भाग्दै गर्दा भोल्गा नदीमा परेँछु । नदी अलिअलि जमेको भए पनि बगिरहेको रहेछ । अन्त ‘भोल्गा से गंगा तक’ आइपुगेको रहेँछु ।

गधाको दूध जीउभरि खन्याइदिए । पूजा गरे । भजन किर्तन गरे । मान्छेहरुलाई जलपरी भेटेको समाचार पनि पठाए ।

यस्सो आँखा खोलेँ । छेवैमा मन्दिर रहेछ । केही पुजारी मतिर आउँदै रहेछन् । म किनारमा लम्पसार परेको छु । उनहिरु आए । मलाई उठाए । एउटा पुजारीले भने, ‘यो त जल परी हो । मत्स्या गन्धा हो । भगवान हो । हेर त, कस्तो सेतो छ ।’

मलाई बोकेर मन्दिर तिर लगिरहेका छन् । अर्को पुजारीले मेरो छाती छाम्यो, ‘तर, यो जलपरीको स्तनै छैन त ? स्तन भए क्या मजा हुन्थ्यो ।’
सबै पुजारी हाँसे ।

मलाई मन्दिरभित्र लगियो । उनीहरुले हातमा स्यानिटाइजर लगाए । उठाउनुअघि पनि लगाएका थिए होलान् । अनि गधाको दूध जीउभरि खन्याइदिए । पूजा गरे । भजन किर्तन गरे । मान्छेहरुलाई जलपरी भेटेको समाचार पनि पठाए ।

……

झमक्क साँझ परिसकेको छ । मलाई हेर्न आएका मान्छेको भिड उस्तै छ । अब यहाँ गधाको दुधले नुहाएर बस्नुभन्दा जति सक्दो भाग्नु निको लाग्यो । कसैले पत्तो नपाउने गरी भागेँ । (कसरी भागेँ भनेर अर्कोपटक बताउँला प्रिय पाठक)

०००

पाठक वृद, ब्याक टु रियालिटी ।

म साँच्चिै क्वारेनटाइनमै छु । अस्ति कार्यकर्तालाई राहत बाँड्दामा कोरोना लागेछ । माथितिर कल्पना हो, कवि भएको नाताले कल्पना गर्न सक्छु । तर, कल्पनाको उडान पनि आफ्नो चरीत्र र वास्तविकताविना गर्न नसकिने रहेछ । भालुलाई मानवीकरण गरेर मैले आफ्नै यथार्थको पर्दाफास गरेको ग्लानी महसुस गरेको छु । मलाई माफी दिनोस् !

अहिले टुकुचा खोलाको किनार छेउको कोठामा होम क्वारेनटाइनमा बसेको छु । म छेउको कोठामा एकजना कैलालीतिरका बजगाइँ भाइ बस्छन् । उनी पत्रकार हुन् । हामी सामाजिक दुरी बनाएर छतमा बसिरहेका छौँ । पुरानो परिचय छ । खोलोबाट ढलको गन्ध आइरहेको छ । डुङडुङती आइरहेको छ । तर, अरुवेलाको भन्दा फरक गन्ध छ । नाक थुन्दा पनि नाकभित्र पसिरहेको छ ।

भाइलाई भनेँ, ‘होइन भाइ, कस्तो फरक गन्ध हो यो । केको हो यस्तो ?’

‘केको हुनु र दाइ, अलि माथितिर कोरोना लागेको मेयर क्वारेनटाइनमा बसेका छन् । उसकै गुहुको गन्ध त हो नि !’

‘हैट भाइ । के खान्छन् र हौ यस्तो गन्ध ?’

कति परिवारको त घरमा पिउने पानीसम्म छैन । त्यहीँ बोतल बोकेर आउँदा रहेछन् ।

‘तपाईँ जे खानुहुन्छ, त्यही खान्छन् नि दाइ, जनताको रगत । अब तपाई कवि भएकाले हेपे र कोठामै हुनुहुन्छ । नत्र यहाँ म एक्लैले तपाईको पनि गुहुको गन्ध सुँघेर बस्नुपथ्र्यो,’ भाइले दुःखी भएर भन्यो । मैले केही भन्न सकिनँ । भोलि त १४ दिन पुग्छ, क्वारेनटाइन बसेको । बिहानैदेखि फोन आएको आयै छ । पर्सिको दिन कार्यकर्तालाई पचास बोरा चामल बाँड्नु छ ।
भाइको फोन आयो ।

भाइ फोनमा बोल्न थाले, ‘हजुर सर । खुलामन्चमा खाना खाइरहेका मान्छेबारे रिपोर्टिङ गरेको छु । कति परिवारको त घरमा पिउने पानीसम्म छैन । त्यहीँ बोतल बोकेर आउँदा रहेछन् । सानो बच्चा रहेछ, उसका लागि बिहानको खाना पोको पारेर लैजाँदा रहेछन् । आमबाबु चाहिँ दिनको एक छाक यहीँ आएर खाँदा रहेछन् ।

….

हवस् सर । स्टोरी तयार गरेको छु । म मेल गरिहालेँ ।’

प्रतिक्रिया
Loading...