नेपाली साहित्यको सम्पूर्ण पत्रिका

फोटो कविता प्रतियोगिता १३ को नतिजा प्रकाशित

 

 

साहित्यपोस्ट डटकम र विमल फोटो डटकमको संयुक्त तत्वाधानमा हरेक साता फोटो कविता आह्वान गरिएकोमा यो साता निर्णायक मण्डलले प्राप्त कविताहरूमध्ये सर्वोत्कृष्ट तीन कविता छनोट गरेको छ ।

यस चरणमा साहित्यपाेस्टले फोटाेसँगै “धर्म” वा “सम्प्रदाय” वा “संस्कार” विषय दिएर कविता आव्हान गरेको थियो । फाेटाेका साथमा विषय पनि दिँदा प्राप्त कवितामा विशिष्ठता आएकाे निर्णायक मण्डलले जनाएकाे छ ।

यो साता मनोविज्ञान शर्मा, रुपेश भुजेल, अनिता शर्मा गरी तीनलाई उत्कृष्टमध्येबाट सर्वोत्कृष्ट चयन गरिएको छनोट समितिले जनाएको छ । निर्णायक मण्डलका अनुसार प्रकाश न्यौपाने, तित्राड्ग तामाङ र केवी पारखीको कविता भने केही अङ्कको अन्तरले मात्र सर्वोत्कृष्ट हुनबाट बञ्चित भएका छन् । तीन सदस्यीय छनोट समितिले तस्बिरका भावनासँग मिल्ने कविताहरू मध्येबाट सर्वोत्कृष्ट तीन कविता चयन गरेको हो ।

प्रतियोगिताको रीत पुर्याई १८ वटा कविता प्राप्त भएका थिए । त्यस्तै नियमविपरीत फेसबुक पेजमा मेसेज र मेलका माध्यमबाट १४ कविता प्राप्त भएका थिए । नियमविपरीत रहेर आएका कविताहरू प्रतियोगितामा समावेश भएनन् ।

कवितालाई प्रथम, द्वितीय र तृतीय भनेर वर्गीकरण नगरी उत्कृष्टमध्येबाट तीन सर्वोत्कृष्ट कविता छनोट गरिएको छ । उत्कृष्टबाट प्रथम, द्वितीय र तृतीय छान्न गाह्रो भएकाले सर्वोत्कृष्ट घोषणा गरिदै आएको साहित्यपोस्टका काव्य विभाग प्रमुख निरज दाहालको भनाइ छ ।

फोटो कविता प्रतियोगिताको चौधौँ शृंखला भोलिदेखि सुरू हुनेछ ।

यस्ता छन् पुरस्कृत कविका कविताहरूः

 

 

प्रतिक्रिया
Loading...