नेपाली साहित्यको सम्पूर्ण पत्रिका

म्यान बुकर पुरस्कारको छोटो सूची जारी

गएको जुलाई महिनामा म्यान बुकर पुरस्कारको १३ वटा पुस्तकको लामो सूची जारी गरेको पुरस्कार जुरीले हालै छोटो सूची जारी गरेको छ ।

यस छोटो सूचीमा प्रख्यात र लगभग पुरस्कार नै पाउने आशा गरिएका दुई चर्चित लेखिकाहरू मार्गरेट एटवुड र हिलारी मन्टेलजस्ता लेखिका गायब भएका छन् । बरू कम अपेक्षा गरिएकी भारतीय मूलकी लेखिका अभनी दोषीले आफूलाई दह्रोसँग पुरस्कारको छोटो सूचीमा आफूलाई कायमै राख्न सफल भएकी छन् ।

बेलायतको प्रख्यात र इज्जतिलो साहित्यिक पुरस्कार म्यान बुकर पुरस्कार संसारभर अंग्रेजीमा छापिएका जुनसुकै देशका उपन्यासलाई पुरस्कार दिइने गरिन्छ ।

यसअघि बुकर इन्टरनेसनल पुरस्कार भने अंग्रेजीमा अनूदित भएका विदेशी भाषाका उपन्यासलाई प्रदान गरिसकिएको छ ।

छोटो सूचीमा परेका उपन्यासहरूमा डायन कुकको द न्यू वाइल्डरनेस, सिसी डांगारेम्गाको मोर्नेवल बडी, भारतीय मूलकी अभनी दोषीको वर्न्ट सुगर, डग्लस स्टुअर्टको सुगी बेन रहेका छन् । सूचीमा पर्ने अन्य उपन्यासहरूमा माजा मेन्गिस्तेको द स्याडो किङ, ब्रान्डन टेलरको रियल लाइफ पनि रहेका छन् ।

पुरस्कारका लागि १६२ पुस्तक प्राप्त भएमध्येबाट यी छ पुस्तकहरू अन्तिम सूचीमा पारिएको निर्णायक मण्डलले जनाएको हो ।

छोटो सूचीका प्रत्येक उपन्यासले २५०० पाउण्ड पाउनेछन् भने सर्वोत्कृष्ट उपन्यासले भने ५०,००० पाउण्ड पाउने छ । पुरस्कारको प्राप्त गर्ने उपन्यासको घोषणा भने आउँदो १७ नोभेम्बरमा हुनेछ ।

प्रतिक्रिया
Loading...