नेपाली साहित्यको सम्पूर्ण पत्रिका

पन्तलाई पुरस्कार गौतमलाई अभिनन्दन

यस वर्षको “राजमित्र स्मृति पुरस्कार” साहित्यकार महेश्वर पन्तलाई प्रदान गर्ने निर्णय भएको छ । संस्थाका अध्यक्ष हरिप्रसाद काफ्ले शैव, कवि लालगोपाल सुवेदी र गत वर्ष पुरस्कृत कवि दीपा राई पुन रहेको निर्णायक समितिले उक्त निर्णय गरेको हो ।

यसैगरी मुर्चुङ्गा एवं सारङ्गी वादक सुशील गौतमलाई अभिनन्दिन गर्ने भएको छ |

साहित्यकार सुशील नेपाल र ईश्वरी नेपालद्वारा स्थापित राजमित्र स्मृति प्रतिष्ठानले म्यासाचुसेट्स राज्यमा बसोबास गरेर नेपाली भाषा साहित्यको सेवामा निरन्तर सक्रिय रहनेलाई विगत पाँच वर्षदेखि नगद र प्रमाणपत्रद्वारा सम्मान गर्ने गरेको छ । उक्त पुरस्कारबाट साहित्यकार भारती गौतम, दीनेश राज भण्डारी , गोवर्ध्द पूजा, लालगोपाल सुवेदी र दीपा राई पुन सम्मानित भइसकेका छन् भने लोक गायक मीन केसी र सारङ्गी वादक श्याम नेपालीलाई अभिनिन्द भइसकेका छन् |

कोरोनाको विषम परिस्थितिको कारण यस वर्षको कार्यक्रम २० तारिख, आइतबार १० बजे बिहान जुमबाट गरिनेछ । संस्थाले बोष्टन बाहिर तर उत्तर अमेरिकाभित्र रहेर नेपाली भाषा साहित्यको सेवा गर्ने नेपाली साहित्यकारलाई पनि सम्मान गर्ने निर्णय गरेको थियो तर यस वर्ष कोरोनाको कारणले गर्दा अर्को वर्षदेखि गरिने भएको छ ।

यस वर्ष सम्मानित हुने साहित्यकार महेश्वर पन्त एनआरएन भाषा साहित्य तथा संस्कृति सम्पदा संरक्षणका सदस्य हुनु भने उनका गीति एल्वम् लगायत फुर्लुंग (उपन्यास) नबोल्नेहरू (कथासङ्ग्रह) र मुन्द्री (कथासङ्ग्रह) प्रकाशित छन् ।

साहित्यकार सुशील नेपालका प्रातस्मरणीय मातापिताको स्मरणमा स्थापित यस संस्थाले विगत पाँच वर्षदेखि आजसम्मका कार्यक्रमहरूलाई समेटेर स्मारिका छिटैँ प्रकाशन गर्न लागेको अनेसास बोस्टन च्याप्टरका अध्यक्ष यम पौडेलले बताएका छन् ।

प्रतिक्रिया
Loading...