नेपाली साहित्यको सम्पूर्ण पत्रिका

बुढा मान्छे

धेरै हँसिला थिएँ बुढा मान्छे । यही संज्ञा ले बोलाउने गर्थेँ म बुढा मान्छेलाई । खोई यो बैंगलोर माहानगरमा आएर बनाएको नाता ‘मित बाउ ।’ मित बाउ भनेर चाहिँ धेरै कम बोलाएँ । आज भोलि त यस्तो मित बाउ,मित आमा जस्ता मितेरी साईनो पनि राख्ने चलन हाम्रो देशमा चाहिँ निकै हरायो।

मान्छे आफ्नै खुनको साईनो निभाउन सकेको छैन, फेरि मितेरी साइनोको टन्टो कहाँ राख्न सक्ने। हामी दुईमा चाहिँ बिशेष कुरा थिए। म एउटा बाउ–आमाले भनेको नमानेर ,१२ कक्षामा फेल भएर साथीहरुको लहैलहैमा लागि बैंगलोर पसेको थिए । सोच त म एउटा धनी बाउको अति बिग्रेको छोरा भन्दा गलत नहोला। कहिले राम्रो पढिन। ठूलाबडाले भनेको कहिले मानिन। गाँजा चुरोट र रक्सी माइ मेरा दिनहरु बित्थे। घरमा ढाँटेर ,आमासँग पैसा धुत्ने बानीले मैले १२ सम्म पास गरिन। १२ पनि कसरी पुगे थाहै भएन। घरमा दिन रातको मलाई सुधार्ने टन्टो र मलाई चर्को लाग्ने ठूलाबडाका भनाइले नि म बैंगलोर पसेको थिएँ।

रोशन दियाली
सान्दर्भिक पोस्ट

कविताः लाई

कविताः पिआइनी

कविता : अन्तर्मन

गाउँघरको मात्र बाठो रहेछु म। घरको मात्र डाका रहेछु म। आको २ महिना नभई शहरले मेरो व्यक्तित्वको परिचय गरायो। मैले बुझे कति पानीमाथि छु भनेर। जे जसो भए पनि हाम्रा बाले एउटा राम्रो स्तरको जीवन दिनुभएको थियो। टाढा बजेको बाजा मिठो सुनिन्छ भने जस्तै, बैंगलोर मैले सुनेको देखि धेरै विपरीत रहेछ। ठाउँ ठाउँ ठोकर पर्दोरहेछ नाथे एउटा १०(१२ हजारको काम पाउन। पढेको हुँदा त त्यति सारो छैन। अब आफ्नो पढाइ त १२ फेल। म जस्ता १२ फेललाइ राम्रो ५ पढनेले पनि जित्ने थियो। फेरि कसरी राम्रो नोकरी पाउने। भोकभोकै कामको खोजीमा एक ठाउँदेखि अर्को ठाउँ ठोकर खादा ,मात्र मेरो बुद्धी आउँदै थियो। मैले किन बाउँडेर राम्रो पढिन होला, मनमनै सोच्दै थिएँ। यदि बाउ आमाले भनेको मानेको भए आइ. टी. सिटीका युवा युवतीहरु जस्तै टाईसुट र कालो चस्मा लगाएर हिँड्दै गरेको हुन्थे। अब अहिले घैँटामा घाम लागेर के गर्नु?, घर पनि यसै जाँदा नामर्दकै मुटु रछ भन्छन् कि भन्ने डर। अब जस्तै दुःख परेपनि घर चाहिँ केही नगरी नजाने भनेर सोचेँ।

बैंगलोर आएको पनि २० दिन भएको थियो। मैले लगाएका कानका कुण्डल बेचेर पाएको पैसा पनि ३ हजार मात्र बचेको रहेछ। जसले मलाई नोकरी खोजी दिन्छु भनेर बोलाएको थियो आज ऊ आँफै नोकरी बाट निकालिएर मेरै पैसामा नाची रहेको थियो। उसलाई मैले भने हेर साथी, तैँले मलाई बोलाएर म संग भएको ७ हजार पनि सक्कियो । अब म सँग पैसा छैन, ‘ला यो १ हजार लैजा, तँ तेरो नोकरी खोज म मेरो नोकरी खोज्नेछू’, भनेर बिदा गरिदिएँ । उसको नवाबको शोक त्यहिँ माथिको उसको जे हुन्छ देखा जाला भन्ने, भनाइले म वाक्क भएको थिएँ। उसलाई बिदा गरेर म अकमक्क परेर ब्याग बोकी एउटा मालको अगाडि उभी रहेको थिएँ । मेरो छेउमा लुते लुते हेर्दामा ५५–६० सालका बुढा मान्छेले आएर कौतुहलपूर्वक मलाई एक्कासी नेपालीमा सोधेँ, ‘नानी तिमीले त्यो केटालाई पैसा किन दिएका?,एक नम्बरको चोर छ त्यो केटो।कहिले एउटै काम मनले गर्दैन। नौला र सोझो लाग्यो अनि भनेको,अन्यथा नसोचनु होला ।’

मैले मेरो गाउँको साथि हो भन्न आँटेको थिए, भनिन किनकि मलाई उसको साथी भनेर पाउँदै गरेको एउटा आशा र भर गुमाउने मन थिएन । मैले भने,‘सारो अफ्ठ्यारोमा परेको छ अरे काम बाट निकालिएको हुँदा, नेपाली थियो र मद्दत गरिदिएको ।’ बुढा मान्छेले एकछिन मेरो अनुहार निहालेर भन,े ‘भेषभुषा हेर्दा त निकै हुनेखाने घरका देखिन्छौ तर यो अनुहार चाहीँ के भएको? निकै दिनदेखि राम्रो नसुतेका जस्तै देखिन्छौ त नानी ।’ हिँड, जाऊँ मेरो कोठामा भनेर लगे ती बुढा मान्छेले मलाई । मलाई बाटोमा लाग्दै थियो बुढा मान्छे निकै दयालु रहेछन् । मलाई भगवानले बुझे सरी बुझेछन् कि म ठोकर खाँदै हिँडेको छु भनेर । त्यसैले होला केही नसोधी मलाई जाउँ भने,अनि म पनि पछि पछि लगे।

बिल्डिंगै– बिल्डिंगको लर्कोतिर बढन लाग्यौँ हामी । एउटा बिल्डिंग अर्को बिल्डिंगसँग म लामो कि तँ लामो भन्दै होड गर्दै छन बैंगलोरमा। सडक भने कति सफा डबल रोड नभएर,प्राय सिङ्गल रोड हुँदा रहेछन् एउटा गाडी मात्र पस्ने। यहाँ मेट्रो छ । ठूलठूला कारखाना लम्पसार छन् । दोकान र मालहरू तातै छन । बडाबडा सिनेमा हल ,वाटरवार्लड अनि रिक्रिएसन रूमहरू । सडकहरु धेरै ठाउँ क्रोस रोड बनेर काटिएका। त्यस्तै साना साना क्रोस रोडहरू हुदै १० मिनेट हिँडेपछि बुढा मान्छेले मलाई उनको कोठाभित्र लगे । बुढा मान्छे बस्ने तीन मालाको बिल्डिंग रहेछ । उनको कोठा दुई मालामा रहेछ । कोठाभित्र पसेपछि मैले बुढामान्छेको सिक्युरिटी ह्युनिफर्म भित्तामा एउटा हेंगरमा झुन्ड्याएर राखेको देखेँ । त्यसको छेउमा भगवान श्रीराम र हनुमान अनि अरु शिव पार्बतीको फोटोसँगै बुढा मान्छेको परिवारको फोटो पनि भित्तामा टाँसेको देखेँ । बुढा मान्छेले एउटा कुनोमा सानो मन्दिर पनि बनाएका रहेछन्। पानी राख्ने एउटा प्लास्टिकको क्यामपर रहेछ । एउटा मान्छे मात्र अट्न चौका पनि मेरो आँखाले देख्न पुगे।

यसरी नै सम्पूर्ण कोठाको आँखाले जाच गरेर म प्लास्टिकको सानो कुर्सीमा बस्न पुगेँ । धेरै दिनदेखि गलेको मनलाई आज ढुक्क लाग्दै थियो। त्यो कोठा भित्र पसिसकेपछि मलाई अर्कै रमाइलो लागिरहेको थियो। त्यस्तो रमाइलो मलाई आफ्नो घरमा मात्र हुन्थ्यो।
बुढा मान्छेलाई मैले के भन्ने हाम्रा बाका उमेरका थिए। पहिला पहिला बोल्दा कहिले दाइ त कहिले अंकल भनेर सम्बोधन गर्थे। बुढा मान्छेलाई मैले सबै मेरा व्यथा र कथा सुनाएँ । अनि म अहिले घर किन जान चाहन्न थिएँ त्यो पनि भनिदिएँ । बुढा मान्छे निकै सोच्ने खालका र मान्छेको भलो चाहने व्यक्ति रहेछन । उनले म किन घर छोडेर निस्केको भनेर जानेपछि निकै रिसाए जस्ता कुरा गरे।

उनको भनाइ थियो हामी नेपालीलाई के को मात चढ्छ चढ्छ? जसका बाउआमा हुने खाने हुन्छन् तिनीहरुका नानीहरू म जस्ता निस्किन्छन् अरे। अनि जसका बाउ आमा गरीबीसँग दिनरात लडेर दुईछाक आफ्ना छोरा छोरीलाई खुवाउन, मर्नसम्म तयार छन उनीहरुका छोराछोरीहरूले तिमीजस्ताहरुले पढ्ने स्कुलको सपना देख्छन्। उनको भनाइ थियो हाम्रो जातले ठुलो कहिले सोच्दैनन, सोच्नेहरू निस्के भने पनि तल झार्नेले लतार्छन् । मलाई यदि घरमा कसैले यति सुनाएका भए म रिसले कता हराउथेँ होला तर आज मैले घर हुँदा गरेका बचकानी गराइ सोँचेर सरम लाग्दै थियो। घरकाले त्यसो होइन बा, उसो होइन बा भनी सम्झाउँदा उल्टो रिसाएर उनीहरूतिरै फर्किए यो सोँचेर धेरै दुख लाग्दै थियो। जे भएपनि बुढा मान्छेले मलाई सेक्युरिटीको नोकरी खोजिदिए उनकै ठाउँमा । म पनि उनीसँगै काम गर्न जान लागँे। कहिले उनको दिउँसोको सिफ्ट हुन्थ्यो त कहिले मेरो।दुवैले दिन रातको सिफ्ट गर्नुपथ्र्यो ।

बुढा मान्छेले मलाई उनको कोठामा सँगै बस्न दिए। बुढा मान्छेलाई पनि एउटा साथी चाहिएको,मलाई पनि त्यो घडी एउटा सहारा चाहिएको थियो। दुवैको आफ्नो–आफ्नो स्वार्थ पूर्ति भएको थियो। यो स्वार्थले एकअर्कालाई खुसी दिएको थियो। सहारा दिएको थियो।

बस्दै जाँदा बुढा मान्छेले उनको नाम महेश भने। मेरो नाम मणिक हो भनेर उनलाई पहिलो दिन नै थाहा थियो।त्यसैले कहिलेकाहीँ म बुढा मान्छेलाई महेशज्यू वा महेशदाई भन्ने गर्दथे। उनले चाहिँ मलाई कहिले मणिक वा नानी भनेर बोलाउँथे ५५–६० वर्षका भएपनि बुढा मान्छे धेरै जोसिला थिए। अनुभवको राप तापेर बुढा निकै मोर्डन थिए। बैंगलोरमा धेरै साल बसेर होला बुढा मान्छे फोनमा सजिलै मोबाइल बैंकिङ्ग र अन्य कार्यहरु गर्दे थिए। बुढा मान्छे आसम गोलपाराको एउटा सानो गाउँदेखि रहेछन् ।

बैंग्लोरमा बसेको पनि १० वर्ष जस्तो भएको रहेछ। मेरो मनमा एउटा कुरा चाहिँ धेरै आउँथ्यो कि बुढा मान्छे यो उमेरका भएर पनि यति दुःख किन गरेका ? एकदिन कुरा कुरामै मैले मेरो साेँचलाई भने । बुढा मान्छेले समय आएपछि भनौँला भनेर आफ्नो ड्युटी गर्न लागे । त्यसपछि मैले कहिले सोधिन । मसँग धरै ज्ञानका कुराहरु गर्थे बुढा मान्छे । पठनपाठन चाहिँ ८ मात्र भएपनि बुढा धेरै बुद्धिमानी थिए। चाउरी परेका ती गालाहरुमा उनको विगतले सिकाएको विवेक टल्कन्थो । बुढा अलि–अलि फिलोसोफिकल र संघर्षी पनि थिए। उनी प्रत्येक महिना आफ्नो घरमा १०–१२ हजार पठाउँथे । सेक्युरिटीको काममा यति पैसा पठाउन उनलाई ओभर टाइम गर्नुपर्थ्याे ।

बुढा मान्छे भन्ने गर्थे मान्छेले नमरुन्जेल मेहनत गर्नुपर्छ। वृद्ध अवस्थाले छोयो भन्दै त्यसकै आडमा मेहनत गर्नदेखि लुक्न हुँदैन । अब्दुल कलामले त अन्तिम साससम्म मेहनत गरे। साँच्चै बुढो मान्छेका कुरा सुनेर मलाई कहिलेकाहीँ बुढा मान्छे यहाँ सेक्युरिटी भएर दिन रात ठिङ्ग उभिनु भाग्यको चेपारोमा परेर होला जस्तो लाग्थ्यो। बुढो मान्छेको संगत मलाई राम्राे लाग्दै थियो। ती बिग्रेका ड्युटी सकिने बित्तिकै हाम फालेर रक्सीको भट्टीमा पस्ने मेरो उमेरका साथीभाइहरु भन्दा बुढो मान्छेका विचारहरुले मलाई प्रभावित गर्दै थियो। त्यसैले म अब दुईचार महिना काम गरेर घर जाने सोच्दै थिएँ । मलाई अब सक्युरिटीको काम गर्दा मन पोल्थ्यो। हुन त काम ठूलो सानो हुँदैन। म घर गएर पढाइ अघि बढाउन सोच्दै थिएँ ।

म र बुढा मान्छे सँगसँगै बसेको ६ महिना बितिसकेको थियोे। मैले बुढा मान्छेलाई मेरो मनोरथ भने कि म फेरि पढ्नेछु। म आउँदो अप्रिलमा घर फर्कन्छु भनेर। मेरो उमेर पनि भर्खर २२ लाग्दै थियो। बुढा मान्छे मेरा कुरा सुनेर धेरै खुसी भए।

मलाई बुढा मान्छेका सबै गुणहरु धेरै मन परेको थियो। उनलाई मैले मेरो आदर्श मानेको थिएँ । बुढाले मलाई गुन र उपकार पनि कम गरेका थिएनन् । म त्यो कहिले बिर्सिन चाहन्न । उनले दिएको मार्गदर्शन म सदा आफूसँग राख्न चाहन्छु र उनलाई कहिले बिर्सिन चाहन्न । त्यसैले मैले बुढा मान्छेलाई एक जोरी जुत्ता किनेर दिए । खुट्टा ढोगेँ अनि आज देखि तपाईं मेरा मित बाउ भनेर बोलाएँ । बुढा मान्छे धेरै खुसी भए। खुशीहरु आँसु बनेर झरे । म पनि रोएँ । मलाई मेरा बाउको याद आयो जब बुढा मान्छेले मलाई छोरा हो भनेर बोलाए ।

यसरी एक महिना बित्यो हामी मित बाउ छोरा त्यही दिनचार्यमा अघि बढेको पनि। जनवरी को महिना थियो। बैंगलोरमा के जनवरी के जुलाई । १२ महिना झण्डै उस्तै उस्तै मौसम रहन्छ । न जाडो न गर्मी ।

यस्तै बेला हामीले टी.भी. मा समाचार हेरेर थाहा पायौँ कि चीनमा कोरोना भाइरसको महामारीले गर्दा मान्छेहरु मरिरहेका छन् । यो भाइरस अति सक्तिशाली छ र यसको संक्रमण शक्ति हावामा हुने समाचारहरुले बताइरहेका थिए । यसले संक्रमित भएका मानिसहरुमा ज्वरो आउने, चिसो लागेजस्तो हुने, टाउको दुख्ने जस्ता लक्षणहरु हुन्छन् भनिरहेका थिए । यो भाइरसले संक्रमित व्यक्तिबाट निष्काशित स्वास वा उसले छोएको केही चिजहरु यदि संक्रमित नभएका व्यक्तिले छुँदा हुन्छ भन्दै थिए। यसको उपचार केही छैन र हात धुनु अनि मास्क लगाउनु यसको राम वाण भन्दै थिए। हामी अलि अलि डराउन थाल्यौँ जब कोरोनाले चीनदेखि हाम्फालेर इटाली, फ्रान्स र इरान जस्ता देशमा मृत्युको नाच नाच्न थाल्यो।

समाचारमा जब इण्डियामा पहिला संक्रमित व्यक्ति जनायो हामी बैँगलोरमा स–सानो काम गर्ने सबै थरथर भयौँ । दिन बित्दै गए कोरोनाले संसारमा आफ्नो राज बढाउँदै थियो। बैंगलोरमा पनि मार्च महिनाको२०तारीकमा पहिलो कोरोना संक्रमित व्यक्ति पाइयो।

अब मित बाउ र म अनि हामीजस्ता धेरै मान्छेहरु जसको अस्थायी काम थियो सबै डराउन थाल्यौँ । डराउने मूल कारण थियो भारत सरकारले पनि फ्रान्स, इटली जस्तै सम्पूर्ण नाकाबन्दी गरेर हाम्रो पैसा आउने ठाउँ खोसिने छ भनेर।

संसार चारैतिर कोरोनाको कहरले छोपियो । संसारका शक्तिशाली देशहरुका शक्तिशाली लिडरलहरुले पनि कोरोना नियन्त्रण गर्न सकेनन्। अमेरिका रुस र चिन समेत यो भाइरसको अघि नतमस्तक भए। संक्रमणको रफ्तार बढ्यो । जे हुनु देखि हामी डराई रहेका त्यही भयो । राज्य सरकारले केन्द्र सरकारको आदेश पालन गर्न पहिला चरणको नाकाबन्दी थाल्यो । स्कुल–कलेज, माल लगायत अरु सबै सरकारी र प्राइवेट कार्यालयहरू बन्द भए। अनि हामि जस्ताको काम पनि ठप्प भयो। मालहरु सबै बन्द भए त्यसैले हामी पनि कोठामा थुनिन बाध्य भयौँ । मान्छेहरु हिड्न नदिने सरकारको आदेश आयो ।

एक महिना पनि बित्यो हामी पहिला पाएको पैसाले नून भात खाएर बस्यौँ। यो थुनाइले हामीलाई जेलमा बसेको सरी भइरहेको थियो। दिनभरीसँगै बस्नाले मैले मित बाका व्यक्तिगत धेरै कुराहरु बुझे । उनलाई बि.पि.को बिमार रहेछ। उनलाई डायरी लेख्न धेरै मनपर्दो रहेछ। उनको डायरी लेखनको प्रशंसा गरे। उनलाई घरमा पठाउन पैसा नपुगेको पनि बुझेँ । यो सबै हुँदा पनि बुढा धेरै खुसी देखिन्थे।

यसरी कोरोनाले सम्पूर्ण भारत र दुनियामा लाखौं मानिसहरुलाई आफ्नो चपेटमा लियो । संसारमा नाकाबन्दीको प्रकोपले देशको उन्नति र विकासदर घट्ने र बेरोजगारी बढ्न देखि बाच्ने उपाय नाकाबन्दी खोल्नु नै असल ठान्यो। त्यसैले संसारले नाकाबन्दी खोल्ने निर्णय लिँदा भारतमा पनि त्यही निर्णय लियो। हामी पनि डराउँदै डराउँदै आफ्नो ड्युटी फेरि थाल्यौँ । बुढा मान्छेले पनि मसँग मई महिनामा घर जाने कुरा गरे। मेरो अप्रेल मा घर गएर पढ्ने सपना चाहिँ कोरोनाले मारिदियो।

दिन बिते संसारको घडीका काटा सँगसँगै कोरना पनि अघि बढिरह्यो। मान्छेहरु धेरै मर्न थाले, धेरै काम देखि निकालिन थाले । कोरोनाले भन्दा धेरै भोकले मर्न थाले। नाकाबन्दी खोले पनि कतिपय कामहरु ठप्प भए। मान्छेहरु बेरोजगार भए। बेरोजगार भएकाहरु ट्रेन नै ट्रेन भरिएर सरकारले आफ्नो राज्यमा पठाउन थाल्यो। ट्रेनमा अट्नेहरू ट्रेनमा गए। कति खुट्टाले ,कति साइकलले हिँडे । यो शहरमा अब उनिहरु जस्ताको भविष्य कोरोनाले चाटी दिएको थियो । स्वार्थी प्रसाशनको र अबूझ नेताहरुको पनि कम दायित्व त थिएन उनीहरूको यो हाल हुनेमा । कोरोना नहुन्जेल तिनीहरूको खुन पसिना चुसेँ र अहिले २ छाक खुवाउन पनि दात देखि पसिना आइरहेको थियो।

हामी पनि आफ्नो ड्युटी गरिरहेका थियौँ । मई महिनामा जान सकिएन कारण रेलको टिकट पाइएन । जुलाईमा जाने निधो र सल्लाह भयो बाउ छोराको धेरै पैसा कमाएर। बुढा मान्छेलाई पनि आफ्नो परिवारको लागि ४ लाख चाहिएको छ भन्दै थिए । उनले बैंकमा रिकरेंट डिपोजिट गरेका छन्। त्यो जुलाईमा पाक्दै रहेछ। बुढा मान्छेको कुरा सुनेर मैले पनि उनीसँग जुलाईमा जाने निर्णय लिए।

घर जाने पनि १० दिन मात्र बचेको थियो। बुढा मान्छेको पैसा पनि बैंकले एकाउन्ट मा हालिदियो।बुढा मान्छे धेरै खुसी थिए उनको ४ सालको पि. एफ.को पैसा १ लाख जस्तो पाइन्छ भन्दै थिए।

बुढा मान्छेको ड्युटी दिउँसो दिउँसो थियो मेरो रातिको चल्दै थियो। एक बिहान म रातीको ड्युटी गरेर आउदा बुढा मान्छेले मलाई भने छोरा मैले बि.पि.को दबाई कतै भेटिन । फार्मेसीहरू सबै चहारेँ । भरे एक पल्ट गएर खोजी हेर ल भन्दै निस्के । म पनि रात भरीको अनिदोँ थिए । हुन्छ बा भनी सुत्न लागे। ढिलो निद्राले छोडे छ खोज्न पाइएन, हतार हतार खान बनाएर म त्यसै ड्उटी निस्के । भोलिपल्ट म ड्उटी देखि आउदा बुढा मान्छे ज्वरो आए जस्तो भएर लडिरहेका थिए । केहि खान दिएर मैले पेरासिटामोल दिएँ । अनि छेउमा लडेँ । बुढा मान्छे एकैछिन सुतेर सकी नसकी ड्उटी गएछन । १२ बजेतिर मलाई तिर्खा लागेर पानी पिउन उठदा फोन हेरेँ । भर्खरै कपनीको सिक्युरिटी अफिसरले १० पटक फोन गरेको रहेछ । मैले फोन गरेँ । मलाई सिक्युरिटी अफिसरले छिटो आउनु भन्यो । म हतारहतार त्यहाँ पुगेर ड्उटी रूममा पसेँ । बुढा मान्छे त्यहाँ अचेत लडेका रहेछन्। त्यो दृश्य लाई देखेर मेरा खुट्टा कामे।सिक्युरिटी अफिसरले मलाई भन्यो बुढा मान्छे कति बेर त्यो कुर्सीमा बसीबसी शास फेर्न छोडे उनीहरूले थाहा पाएनन्। म एकदम भावुक भए। आफ्नै बाउ नभएपनि मित बाउ, नरहँदा म आँफैलाई त्यो ठाउँमा टुहुरो भएको जस्तो लाग्यो । म डाँको छोडेर रोए।

सबै मान्छेले ध्यान दिएर मलाई हेर्दै थिए । मलाई मित बाउको शरीर छेउ जानदेखि रोकिरहेका थिए । मैले आँफूलाई सम्हालेर चुप लागेपछि मलाई एउटा बैंगलोर नगरपालिकाको अधिकारीले बुढो मान्छेको कोरोना टेस्ट गर्ने कुरा गर्यो अनि म संग १० हजार माग्यो । मैले भर्खर १२ हजार पाएको थिएँ उसलाई दिएँ । उसले भन्यो कि बुढो मान्छेको शरीरमा भाइरस ६ घण्टा सम्म हुनेछ। यदि रिपोर्ट पोजेटिभ पाइयो भने उनीहरुले शरीर राख्नेछन् नेगेटिभ आयो भने मलाई सुम्पिने छन्।

मलाई त्यो ६घण्टा बिताउन धेरै गाह्रो पर्यो । मेरा मनमा धेरै कुराहरु खेल्दै थिए। यो सबै के भयो कति बेला भयो। कति राम्रो योजना बनाएका थियौँ हामी दुबैले । बुढा मान्छेको आफ्नो योजना थियो घर गएर केही गर्ने ५ लाख रुपैयाँ जोडेका थिए । मेरो पढ्ने योजना थियो। सबै व्यर्थ भयो। म सोच्दै थिएँ यदि पोजेटिभ आयो भने उनका परिवारलाई के भन्ने ? तर नेगेटिभ आउँदा पनि केही भन्न सकिँदैन थियो। मसँग पैसा थिएन। २ हजार मात्र थियो।मृत शरीरलाई घर लैजान यो कोरोनाकालमा ठूलो आपत्ति थियो । म आफूलाई एक साल अघि बुढा मान्छेलाई भेट्दा जस्तो बेसहारा थिए आज त्यस्तै अभास भइरहेको थियो । ६ घंटा बितेपछि मईले ठूलो आशा लिएर द्यद्यःए को अधिकारीलाई कल मिलाए । फोनमा कोरोना पोजेटिभ बुजेर धेरै दुःख लाग्यो कि अब बुढो मान्छेको अनुहार देख्न नपाइने भयो भनेर । मैले बुढा मान्छेको डेथ सार्टिफिकेटको फारम भरेर कोठामा कतिबेला आए थाहै पाइन। मेरो मन रुदै थियो आँखा दुख्दै थिए अब के गर्ने भन्ने सोँचेर।

मैैले कोठाभित्र पसेर बुढा मान्छेका परिवारलाई सूचना दिन धेरै पटक उनकै फोन बाट लगाए तर फोन लग्दै लागेन। त्यसैले मैले बुढा मान्छे को बाकस खोले कुनै अरु नम्बर पाइन्छ कि भनेर । नम्बर खोज्दै गए बुहारी भनेर लेखिएको एउटा नम्बर पाए। त्यो त्यही नम्बर रहेछ जुन बुढा मान्छेको फोनमा सेभ थियो। बुहारीको नाउँको पछाडि गोलपारा आसाम भनी लेखेका रहेछन्। हुन त कसैको डायरी पढनु एउटा नराम्रो बानी हो। मैले चाहिँ पढ्ने सोचेँ। जान्न मन लाग्यो बुढा मान्छेको अतितको बारेमा केही कुराहरु।

डायरीको प्रत्येक पाना पल्टिँदै गए थाहा पाउँदै गए कि बुढाले कति दुख बेदना र समाजको कुविचार धारा भोगेका रहेछन्। बुढा मान्छेकी पत्नी खसेको दुई साल बितेपछि, उनको एउटै छोरा पनि प्रति वर्ष आउने भेल (बाढी ले बगाएर मरेका रहेछन। ८ वर्षको नाति ,२ वर्षकी नातिनी र बुहारीलाई बुढो मान्छेकै काँधमा सुम्पिएर गएछन्। छोरा खसेपछि घरको हेरचार बुढा मान्छेले धेरै सजिलोसँग चलाउँदै रहेछन। नाति नातिनी र बुहारीपनि खुशी नै रहेछन्।समाजको कुदृष्टिले ससुरा बुहारीको पिता पुत्रीको जस्तो चोखो नातालाई मैलो बनाउने कुरा चलेपछि बुढा मान्छे बैंगलोर पसेका रहेछन्।

हाम्रो समाज त्यस्तै उल्टो सुल्टो सोच्न भ्याइरहेको हुन्छ।उल्टो सोच्ने मान्छेहरूको भेल छ हाम्रो समाजमा। डायरी पढ्दै गर्दा मैले जानेकी नाती नातिनी बुढा मान्छेले पठाएको पैसाले खान पनिे नपुगेर सरकारी स्कुलमा पढ्दा रहेछन्। बुहारी पनि मौसमको मेला पात गरेर केही पैसा कमाउँदी रैछिन। बुढा मान्छेको गाउँमा सालिनै भेल बाढी आएकोले धनसम्पत्ति गाई, बाख्रा, कुखुरा र धान जति सबै बगाएर अकाल लाग्ने कुरा पनि लेखेका रहेछन्। त्यसैले उनी आफ्नो पेट काटेर भेल बाढी देखि सुरक्षित अर्कै ठाउँमा घर बनाएर आफ्नो परिवारलाई , उनी नमरी राख्ने इच्छा रहेछ। बुढा मान्छेको सबै सपना र घर परिवार प्रतिको निष्ठा मेरा आँखा देखि अविरल झरे। मैले फेरि फोन लगाएँ उनको बुहारीलाई, फोन लाग्दै लागेन। उनले दिनभरि १०—१० मिनेटमा फोन लगाइ रहे तर नोट रिचेबल मात्रै भनिरह्यो।

उनको परिवारलाई सम्पर्क गर्न नसक्दा मैले यो बैंगलोर जस्तो ठाउँमा ठाउँअनुसार उनको, यहाँकै कन्नड पुरोहितलाई सोधेर ३ दिनमै श्रद्धापूर्वक क्रिया कर्म गरी अन्त्येष्टि गरे। खर्च कम्पनीले दिएको थियो। बुढो मान्छेले आफ्नो डायरीमा बैंक खाताको सबै जानकारी ,ए.टी.एम. पिन समेत दिएका थिए।मैले बुढा मान्छेको घरको दुख बुझेर असम जाने योजना बनाए।असम गएर बूढो मान्छेको परिवारलाई भेटनु यो कोरोनाकालमा जूनमा जानु जस्तै थियो तर पनि मैले निर्णय गरेँ कि म बुढो मान्छेको मीत छोरा बनी जनेछु। त्यो परिवार अब मेरो परिवार भएको थियो।म अब त्यो परिवारलाई सम्हालेर मात्र मणिपुर पस्ने थिए।

मेरो योजना सायद सफल हुनु थियो ढुङ्गा खोज्दा मैले देउता भेटें। मैले यो मलमा आइरहने एक जना रिटायर्ड आई. पि. एस. अफिसरलाई आफ्नो र बूढो मान्छेको सबै कथा सुनाए। उनले मेरो मद्दत गर्ने कुरा गरे। उनले मलाई आसाममा कोरेनटिनको कुरा मिलाएर एउटा फोन नम्बर दिए। म ढुक्क भएर अब बुढा मान्छे को चिनोहरु सबै बोकेर निस्के। तीन दिनमा म असम पुगेर त्यो नम्बर मिलाए। मेरो बात भयो ती मान्छेले मलाई बुढा मान्छेको घर खोज्न धेरै सहायता गरे। असममा पनि कोरोना र भेल बाढीले हाहाकार मचाएको रहेछ।

ती मान्छे र मैले मिलेर बुढा मान्छेको गाउँ जाँदाजाँदै हामीलाई एन. डी. आर. एफ. को टिम र त्यहाँका प्रशासनले रोके। हामीलाई अघि बढ्न दिएनन् कारण भेल बाढीले डुबाएर धेरै घरपरिवार नष्ट भएछन् अनि कति मरेछन। त्यो बेलासम्म १८ जना जस्तो मरेका रहेछन्। मैले र ती मान्छेले हामी त्यहाँ गएको आफ्नो मकसद भन्यौँ। हाम्रो कुरा सुनेर मलाई एक अधिकारीले बुढा मान्छेको परिवारको नाम र फोटोहरु देखाउन लगाए। मैले बुढो मान्छेका फोनमा भएका तीनै जनको फोटोहरु देखाइदिएँ । ती अधिकारीले कालो अनुहार बनाएर ऊ अघि बढ्दै मलाई पछिपछि बोलाएर एउटा क्याम्प तिर लगे।त्यहाँ भर्खर भेल(बाढीले बगाएर ल्याएका ७ मृत शरीर कपडाले छोपेको रहेछ। उनले मलाई ७ मृत शरीर देखाए।३ मृत शरीर बुढा मान्छेका बुहारी नाति र नतिनीका रहेछन् फोटोमा मिलाउँदा । म त्यो दृश्य हेर्न नसकेर अचेत भएछु। जब मलाई होश आयो म ती मद्दत गर्ने मान्छेको घरमा थिए। त्यो दिन मलाई सन्चो नभएर म त्यो ठाउँ गईन। भोलिपल्ट त्यहाँ जाँदा सरकारले आफै मृत शरीर हरूको चिनाई नभएकाले अंतिम संस्कार गरि दिएछ।

यो कोरोना यो भेल बाढी सबै प्राकृतिक रिसाएर हो जस्तो लाग्यो मलाई।यो कोरोना यो भेल बाढीले बुढा मान्छेको परिवारको अस्तित्व नै मेटीदियो। बुढा मान्छे जस्ता कति परिवारले कसैले आफ्नो बाउ , कसैले पत्नी, छोरा–छोरी गुमाए। मान्छेले जतिनै अनुसन्धान गरि विज्ञानको चरमउत्कर्षमा पगे पनि मान्छेले कोरोना भाइरस जस्तो जीवाणुको उत्पादन गरेर हजारौं बुढा मान्छेका जस्ता परिवारको जिन्दगी लगेर ऊ उन्नतशील भन्न सकदैन। मैले बुढा मान्छेका पैसा असम कोरोना रिलिफ फण्डमा २ लाख दिए अनि ३ लाख असम फ्लड रिलिफ फण्डमा हालेर उनको चिनो र यादहरु बाेकी मणिपुर फर्के।

काङग्लातोम्बी, मणिपुर

प्रतिक्रिया
Loading...