नेपाली साहित्यको सम्पूर्ण पत्रिका

नेसनल बुक अवार्डमा २५ पुस्तकको प्रतिस्पर्धा

अमेरिकाको चर्चित पुस्तक पुरस्कार ‘नेसनल बुक अवार्ड’का प्रतिस्पर्धी पुस्तक सूची जारी गरिएको छ ।

आख्यान (फिक्सन), गैरआख्यान (नन फिक्सन), कविता (पोएट्री), अनूदित साहित्य (ट्रान्सलेटेड लिटरेचर) तथा युवा साहित्य (योङ पिपल्स लिटरेचर) गरी पाँच विधाका पाँच प्रतिस्पर्धी पुस्तकहरूको नाम जारी गरिएको हो ।

आख्यान
रूमान आलमको ‘लिभ द वर्ल्ड बिहाइन्ड’
लिडिया मिलेटको ‘अ चिल्ड्रेन्स बाइबल’
दिशा फिल्याको ‘द सेक्रेट लाइभ्स अफ चर्च लेडिज्’
डगलस स्टुआर्टको ‘सग्गी बेइन’
चार्ल्स युको ‘इन्टेरियर चाइना-टाउन’

गैरआख्यान
कार्ला कोर्नेजो भिलाभिसेन्सियोको ‘द अन्डकुमेन्टेड अमेरिकन्स’
लेस पेइन र तमारा पेइनको ‘द डेड आर अराइजिङः द लाइफ अफ माल्कम एक्स’
क्लाउडियो साउन्टको ‘अनवर्दी रिपब्लिकः द डिस्पोसेसन्स अफ नेटिभ अमेरिकन्स एन्ड द रोड टु इन्डियन टेरिटरी’
जेन सापल्यान्डको ‘माई अटोबायोग्राफी अफ कार्सन म्याकुलर्स’
जेराल्ड वाकरको ‘हाउ टु मेक अ स्लेभ एन्ड अदर एस्सेज्’

कविता
मेइ-मेइ ब्रेसेन्ब्रगको ‘अ ट्रिटिज अन स्टार्स’
टम्मी ब्लाउन्टको ‘फेन्टासिया फ द म्यान इन ब्लु’
डन मि चोइको ‘डिएमजेड कोलोनी’
एन्थोनी कोडीको ‘बोर्डरल्यान्ड एपोक्रिफा’
नताली डियाजको ‘पोस्टकोलोनियल लभ पोयम’

अनूदित साहित्य
एन्जा क्याम्पम्यानको ‘हाई एज द वाटर्स राइज’
(जर्मनेलीबाट एन पोस्टेनको अनुवाद)
जोनास हासेन खमिरीको ‘द फेमिली क्लाउज’
(स्विडेनीबाट एलिस मेन्जिसको अनुवाद)
यु मिरीको ‘टोक्यो उननो स्टेसन’
(जापानीबाट मोर्गन गाइल्सको अनुवाद)
पिलर क्विन्टानाको ‘द बिच’
(स्पेनीबाट लिसा डिलम्यानको अनुवाद)
अदानिया शिब्लीको ‘माइनर डिटेल’
(अरबीबाट एलिजाबेथ ज्याकेटीको अनुवाद)

युवा साहित्य
कासेन क्यालेन्डरको ‘किङ एन्ड द ड्रागनफ्लाइज’
ट्रासी चीको ‘वि आर नट फ्री’
क्यान्डसि इलोहको ‘इभ्री बडी लुकिङ’
भिक्टोरिया जेमिसन र ओमर मोहम्मदको ‘ह्वेन स्टार्स आर स्काटर्ड’
गेभ्रिएल सभितको ‘द वे ब्याक’

पुरस्कारको विजेता आगामी नोभेम्बर १८ मा घोषणा गरिनेछ । सोही दिन दुई जना साहित्यकारलाई लाइफटाइम एचिभ्मेन्ट अवार्डसमेत प्रदान गरिनेछ । सो अवार्ड प्राप्त गर्नेहरूमा वाल्टर मोस्ली र क्यारोलिन रेइडी रहेका छन् । क्यारोलिनको हालै ७१ वर्षको उमेरमा निधन भइसकेको छ । उनी प्रकाशन समूह सिमोन एन्ड सुस्टरको प्रमुख कार्यकारी थिइन् ।

पुस्तक बिक्रेताहरूको समूह अमेरिकन बुकसेलर्स असोसिएसनले सन् १९३६ मा स्थापना गरिएको भए पनि दोस्रो विश्वयुद्धका बेला पुरस्कार वितरण स्थगन भएको थियो । सन् १९४२ मा स्थगन भएको पुरस्कार १९५० यता नियमित रूपमा प्रदान गर्न थालिएको हो ।

अमेरिकामा रहेका उम्दा साहित्यको उत्सव मनाउनु, पाठक विस्तार गर्नु र अमेरिकी संस्कृतिलाई प्रथम पंक्तिमा उभ्याउन भूमिका खेल्ने साहित्यलाई अघि बढाउनु यो पुरस्कारको उद्देश्य हो ।

यो पुरस्कारका लागि हरेक वर्ष हजारौँ पुस्तक प्रतिस्पर्धामा भाग लिने गर्छन् । सन् २०१८ मा मात्र १६३७ पुस्तक पाँच विधाका लागि दर्ता भएका थिए । गैरआख्यानका लागि ५४६ पुस्तक नामांकित भएका थिए ।

यो पुरस्कारमा प्रकाशकले आफ्ना पुस्तकलाई पुरस्कारका लागि नामांकित गर्ने गर्छन् । लेखकले दर्ता गर्न पाउँदैन । कतिपय अवस्थामा पुरस्कारका निर्णायकहरूले कतिपय प्रकाशकलाई सुहाउँदिलो पुस्तक भए नामांकनका लागि अनुरोध पनि गर्ने गरेका छन् ।

निर्णायकहरूको समूहमा लेखक, लाइब्रेरियन, पुस्तक पसले तथा साहित्य समीक्षकहरू रहने गरेका छन् । सन् २०१३ यता भने विशेषज्ञ लेखकहरू वा प्रख्यात लेखकहरू पनि निर्णायक मण्डलमा समावेश गर्न थालिएको छ ।

यसअघि नेसनल बुक अवार्डले प्रत्येक विधामा १० वटा पुस्तकको लामो सूची जारी गरेको थियो ।

काव्य विधा १९९१ मा थपिएको थियो भने १९९६ मा युवा साहित्यको विधा थपिएको थियो । त्यस्तै सन् २०१८ यता मात्र अनूदित पुस्तकका लागि नयाँ विधामा पुरस्कार दिन थालिएको हो ।

पुरस्कारको अन्तिम सूचीमा रहेका यी पाँच प्रत्येक पुस्तकले एक हजार डलर, एउटा मेडल र कृतिको विशेषतासहितको पत्र प्रदान गरिन्छ ।

प्रत्येक विजेता कृतिले भने १० हजार डलरसहित ताम्रपत्र, ताम्रमेडल प्राप्त गर्नेछन् ।

न्युयोर्कमा आयोजना गरिने भव्य कार्यक्रम र टेलिभिजनको प्रत्यक्ष प्रसारणका बीच यो पुरस्कार प्रदान गरिन्छ । यसलाई फिल्मको अस्कर अवार्ड शैलीमा प्रदान गरिन्छ ।

प्रतिक्रिया
Loading...