नेपाली साहित्यको सम्पूर्ण पत्रिका

अनेसास महिला समितिको परिचयात्मक कार्यक्रम

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको महिला समितिद्वारा आइतबार भर्चुअल परिचयात्मक कार्यक्रमको आयोजना गरिएको छ। समितिको संयोजक उर्मिला निर्दोषीको संयोजनमा आयोजित उक्त कार्यक्रममा अनेसास बोर्ड अफ ट्रष्टी सभापति गीता खत्री, अनेसास केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइला, वरिष्ठ उपाध्यक्ष गोवर्ध्दन पूजा, उपाध्य राजेन्द्र श्रेष्ठ, महासचिव सर्वज्ञ वाग्ले, कोषाध्यक्ष कृष्णकुमार गिरी र सदस्यहरू माया गुरुङ र निजानन्द मल्लको सहभागिता रहेको थियो ।

महिला समितिले आगामी दिनमा गर्ने कार्यक्रमका बारेमा पनि संक्षिप्त कुराकानी गरिएको उक्त कार्यक्रममा महिला समितिका सदस्यहरू शान्ता घिमिरे अधिकारी (नवरत्न पुरस्कार संयोजक), रजनी श्रेष्ठ (डिसी, अमेरिका), लतिका जोशी (सिल्गुडी भारत), सीता बराल (पोर्चुगल), आचार्य प्रभा (कोलोराडो, अमेरिका), गीता रेग्मी (नेपाल), विष्णा विरही (सिकागो, अमेरिका), कमला न्यौपाने (कान्सास,अमेरिका), गीता बजगाईँ- (क्यालिफोर्निया, अमेरिका), मन्जु भण्डारी (बेलायत), शारदा पौडेल ‘निशा’ ( स्पेन), निर्मला राई (टेक्सास, अमेरिका), सबिना रेग्मी (जापान) र जानुका ढुंगेल (फ्लोरिडा,अमेरिका)को उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
Loading...