नेपाली साहित्यको सम्पूर्ण पत्रिका

औचित्य

मैले सोचेँ, मेरो श्रीमानले आफू ट्राभल गर्दा ल्याएको ब्यागमा त्यसलाई पोको पार्छु । निर्दयी मन बनाएर नालीमा फाल्छु। तर ती ब्यागहरू मेरो निर्दयी मनभन्दा निकै ठूला छन्।

नजिकै रहेको पिङ्क टेबलमाथिको घडीले चर्को आवाजमा घण्टी बजाउँछ । म निन्द्राबाट बिउँझन्छु । सधैँजसो कोठाको एट्एच बाथरूममा पुग्छु । कमोडको आसनलाई मेरो तिघ्रा र कम्मर बीचको भागले टमक्क छेक्छ । एक्कासि शरीर असामान्य हुन्छ, म त्यहाँबाट उठेर नजिकैको बेसिनलाई समाएर उभिन्छु । अचानक दुई खुट्टा बीचको भागमा अत्यधिक पीडा हुन्छ र मेरो गर्भ कडा रूपले बज्रिदै बाथरूमको टायलमा खस्छ।

मेरो श्रीमान् मस्त निन्द्रामा भएको बेला पनि कुनै मधुर आवाजले उनी झस्किएर उठ्ने गर्छन् । म चिन्तित थिएँ, कतै यो आवाजले उनको निन्द्रा त खल्बलिएन ? म आफ्नो दुवै कान ठाडो पारेर उनलाई सुन्ने प्रयास गरिरहेको थिएँ । केही नसुनेपछि मैले आफ्नो ध्यानलाई घुमाएर आफूलाई बाथरूमको टायलमा थचक्क बसालेँ, दुई खुट्टाको बीचबाट आफ्नो योनिलाई निहाल्ने प्रयासमा लागेँ।

मेरो गर्भ खरीमट्टी अथवा कुनै मेडिसिनका ट्याब्लेटको अलि ठूलो संस्करण जस्तो छ । ममा प्रश्नचिन्ह खडा हुन्छ । के म यो बच्चालाई अङ्गाल्न सक्छु ? के मैले मेरो बुबाआमालाई निरास गराउने छु ? कति प्रश्नको जवाफ आफैँ दिन्छु-

सान्दर्भिक पोस्ट

– मलाई लाग्छ, म नर्सिङ्गहोममा कुनै आगन्तुकविना एक्लै दिनहरू कटाइरहेको हुनेछु । आफ्ना पागलपना र असंयमतालाई चुपचाप सहँदै जानेछु । यो सब घटनाको कारण केवल म मात्र हुनेछु । म मरेको दिन मलाई कसैले सम्झने छैनन् ।

म यस्तै सम्झदै टोलाइरहेको थिएँ । मेरो दुई घुँडा बीचको प्रजनन् अंगका वरिपरि रगतका तन्तुहरूका टुक्राहरू आत्मीयता देखाउँदै मेरा खुट्टासम्म टास्सिएको मैले देखें ।

मैले सोचेँ, मेरो श्रीमानले आफू ट्राभल गर्दा ल्याएको ब्यागमा त्यसलाई पोको पार्छु । निर्दयी मन बनाएर नालीमा फाल्छु। तर ती ब्यागहरू मेरो निर्दयी मनभन्दा निकै ठूला छन्।

बिपिन अर्याल

म गर्भको बज्रले चर्किएको टायलमा आफ्नो चर्किएको मन देख्छु । त्यो खसेको गर्भलाई टालोले पुसेर म त्यसलाई अंगाल्न चाहन्छु । तर म विवशताको बन्धनमा बाँधिएको छु। म मेरो मुटुको टुक्रालाई छातिमा टाँसेर हृदय ठण्डा बनाउन पनि सक्दिनँ । मैले सोचेँ, मेरो श्रीमानले आफू ट्राभल गर्दा ल्याएको ब्यागमा त्यसलाई पोको पार्छु । निर्दयी मन बनाएर नालीमा फाल्छु। तर ती ब्यागहरू मेरो निर्दयी मनभन्दा निकै ठूला छन्।

गर्भ निकै असह्य अनि अस्थिर छ । त्यसका वरिपरि अनावश्यक जुकाहरू जस्तो असभ्य मांसपेसी शरीरको सर्वेक्षण गर्दै सलबलाइरहेका छन् । म त्यसलाई उठाउन चाहन्थेँ तर म यो कारणले चिन्तित थिएँ कि सायद त्यो गर्भ उठाउन नपाउँदै पग्लिएर विलीन हुन्छ। म रूँदै भुइँमा रक्तले सिञ्चित टायलमा आफ्नो शरीरलाई घिसार्दै मास्टर वाथमा ढल्कदै झनै बढी रून थाल्छु।

मैले आफ्नो मनलाई बाध्य बनाएर हातहरूले गर्भलाई उठाउन लगाउँछु । मेरा औँलाका टुप्पाहरूले कुनै घिनलाग्दो वस्तु उठाए जसरी गर्भलाई उठाउँछन् तर जमिनबाट उठाएर मेरो छाती अगाडि पुर्याउन नपाउँदै त्यो गर्भ मेरो हातबाट चिप्लिएर मेरो कोखमा खस्छ । मैले स्पर्श गर्दा मेरो आशाभन्दा त्यो चीसो भइसकेको अनुभव मैले गरें । त्यसका केही मांसपेसीहरू बेलुन जस्तो फुक्दै फुट्न थाल्छन्।

मभित्रको मनले अब कुनै ठोस वस्तुको आकृति लिँदै थियो। म सरासर किचनमा पुगेँ । हातमा धारिलो चक्कु लिँदै फेरि त्यही बाथरूममा पुगेँ । जसरी खरबुजालाई काट्दा दुई भागमा विभाजन गरिन्छ, त्यसरी नै मैले मेरो गर्भलाई दुई भागमा छुट्याएँ । ती फुटेको मांसपेसीबाट निक्लेको चुरोटको जस्तो धुँवाले सिलिङलाई छुनुभन्दा अगाडि मैले गर्भभित्र काटिएको भागमा भएका चिजबिज नियाल्न लागेँ।

मैले देखें, एउटा सानो केटो आफ्नो बुबाआमालाई सँगै लिएर चन्द्रमामा हाइक जान चाहान्छ ।

मैले देखें, एउटी युवती जसले हातमा सुनको मूर्ति समाइरहेकी छ। उसले देशलाइ गोल्ड मेडल दिलाएकी छ। ऊ अब संसारकै उत्कृष्ट म्याराथुन धावक बन्न चाहान्छे।

म देख्छु, एउटी सुन्दर युवती र उसको चम्किलो आखाँको परेलामाथि सुन्दर आकृतिमा लगाइएको वाटरप्रुफ मस्काराहरू जसले निर्धारित समयभन्दा धेरै काम गरिरहेका छन् । ऊ आफ्नो आमाप्रति कृतज्ञ हुँदै नृत्य प्रतियोगितामा प्रथम भएर मन्चबाट भाषण गरिरहेकी छ। उसका आँखाबाट हर्षका आँसु खसाल्दै ऊ आफ्नो नृत्यकलालाई आमाले सानैदेखि गरेको समर्थन र सहयोग सम्झिन्छे।

मैले देखें, एउटा फक्रिएको अनुसन्धानकर्ता जसले विज्ञानलाई चमत्कारी स्वरूपमा बदल्न चाहान्छ। जसले भित्री अर्ग्यानको रिसर्च गर्दछ। उसले बाल्यकालदेखि आफ्नो बुबाआमालाई पनि कुनै जनावर जस्तो देखिरहेको छ। ऊ अन्ततः सफल हुन्छ quadriplegia) नामक रोगको औषधी पत्ता लगाउँछ। जुन रोग लागेपछि मान्छे मुर्कट्टा जस्तो हुने गर्छन् । म राष्ट्रपतिको शपथ ग्रहण गर्ने सभाको अग्रपंक्तिमा आफूलाई देख्छु । त्यहाँ एउटा युवाले मतर्फ हेर्दै गहभरी आँसु लिएर शपथ ग्रहण गर्दैछ ।

मेरो हातमा भएको गर्भको एक चिरो मलाई निकै गह्रौँ महसुस हुँदैछ । किनकि मेरो शरीरबाट भर्खरै डेलिभरी भएको छ । मैले मेरो सफा सेतो, लामो अनि तीखा नङ्गले गर्भको भित्री भाग कोपर्न थालेँ । गाढा कालो तन्तुहरू मेरो हातका औँलाको नङभरि जम्मा भएका छन् । हत्केला मयलका कलेटी परेजस्तो कालो कलेटी परेको छ । मेरा परेलीबाट निरन्तर आँसु बर्सिरहेको छन् । बाथरुमको टायलभरि तन्तुका टुक्राहरू छरपष्ट छन् । म रोइरहेकी छु । मेरो गर्भ खर्बुजा खाएर बाँकी रहेको चिराको बोक्रा जस्तो भएको छ ।

त्यस्तैमा छाला जस्तो एउटा बाक्लो टुक्रा मेरो हातमा पर्छ । त्यो टुक्रा चम्किलो छ । मैले त्यहाँ भर्खरै हिँड्न सक्ने भएको बच्चाले उसको आमासँगै बसेर हातमा मोबाइल समातेर मुखले टोकिरहेको देख्छु। मोबाइलको बदलामा उसको आमाले उसलाई खेलाउना थमाइदिन्छिन् । किनकि उनलाई आफ्नो इमेल पूरा गर्नुछ।

त्यहाँ एउटा तेस्रो लिङ्गी, जसले खाना खान मानिरहेको छैन । उसको शिक्षकले उसको स्तन ठूलो हुनुको कारण हर्मोन बढी भएको खाना खुवाउनाले भएको बताएको थियो ।
त्यहाँ एउटा किसोर विनाचिन्ता चुइगम चपाउँदै छ । उसको आमाले उसको असाइन्मेन्ट गरिरहेकी छिन् ।

त्यहाँ एउटी महिला लामो समयदेखि आफ्नो आर्ट अफिसको केविनमा टोलाएर बसिरहेकी छिन् । उनको आमाले उनलाई आर्ट स्कुल जानु व्यवहारिक र पेसागत जीवनको लागि उचित नहुने बताएकी थिइन्।

जब म आफ्नो गर्भलाई कोपर्दै थिएँ, खाल्टोको अन्त्यमा मैले साठी वर्षीय वृद्ध महिलाले आफ्नो गर्भलाई हेर्दै पुरानो वाथरूमको टायलमा थचक्क रूँदै बसेको देखें ।

मैले बचेको गर्भको टुक्राहरूलाई बटुलेर नजिकै रहेको ट्वाइलेट पेपरमा मम्मीफाइड गरेजस्तो बेरेर पोको पारेँ र कमोडको पानीमा फालिदिएँ । म चिन्तित थिएँ, कता मेरो मन जस्तो मेरो ट्वाइलेट पनि ओभरफ्लो त हुँदैन ?

लामो श्वास लिएँ र भयवादी समयलाई त्यहीँ रोकेर फ्लस गरिदिएँ ।

प्रतिक्रिया
Loading...