नेपाली साहित्यको सम्पूर्ण पत्रिका

नयाँ नेताहरू

विमानस्थल उत्रिने बेला आँखा यताउता डुलाउँछौं, ‘कोही खादा,माला र गाडी लिएर स्वागत गर्न आएको छ कि’ भन्दै । हामी प्रत्येक नेपाली भित्र एउटा नेता छ । नयाँ हैन, उही पूरानो, सडेगलेको नेता ।

नयाँ नेताहरू कस्ता हुनुपर्छ ?

-कम्तिमा पूरानाजस्ता हुनुहुँदैन।

पूरानाकस्ता छन् र ?

सान्दर्भिक पोस्ट

छुटेका केटाकेटी

इरास्साइमासे !

डराउनू !

-कामै नलाग्ने छन !

यसको मतलब नयाँ नेताहरू‘काम लाग्ने’हुनुपर्छ।‘काम लाग्ने’को अर्थ देश, नागिरक तथा समाजलाई काम लाग्ने ! राष्ट्रिय हित र विकास अनि समयसापेक्ष प्रगितको लागि काम लाग्ने ।

समाजमा कस्ता कस्ता नयाँ नेताहरू उत्पादन भइरहेका छन् त ? आउनोस् चिरफार गरौं ।

एकथरी नयाँ नेतालाई पुराना दलहरूले पूरानै‘डाई’बाट सकिनसकी उत्पादन गिररहेका छन् । वर्षौंदेखि उनीहरूले अपनाएको सिद्धान्त, वाद वा पथमा टेकेर नै नेता बन्ने लाइनमा केही युवाहरू छन् । र ती युवाहरू प्रायः देशभित्रका राजनीतिमै व्यस्त छन् । परम्परागत राजनीतिको उही तिकडम, जालझेल, ठेक्कापट्टा, दलाली प्रथाको माध्यम अपनाएर उनीहरू समाज भित्र घुसिसका छन् । समाजको एउटा ठूलो हिस्साले उनीहरूलाई अनुमोदन पनि गरिसकेको छ । उनीहरू हुवहु पुराना नेताजस्तै भएर निस्कनेछन् भन्ने संकेत उनीहरूको बोलाइ, लेखाइ, संवाद र अन्तरंग उठबसहरूले देखाउँछन् । परम्परागत राजनीतिक चिन्तन र चलनलाई जोगाइ राख्नको लागि दिलोज्यानले तयार भएर लागेका यी नयाँ नेताहरूको चर्चा आजको लेखको मूल विषय हैन। फरक सोंच राख्ने भनिएका, फरक भूगोलमा कर्म गरिरहेका, फरक संसार देखिरहेका, भोगिरहेका नयाँ नेताहरूको शल्यक्रिया आजको आलेखको विषयवस्तु हो । अर्थात् विदेशीभूमिमा उत्पादन भइरहेका नेपाली नयाँ नेताहरू ।

म जापान आउनुभन्दा अलि पहिले जापानमा नै श्रम गर्ने एक जना सुभेच्छुकले मेसेज गरी भन्नुभएको थियो, “तपाईंको विचार बाबुरासँग मिल्छ । बाबुरामले नयाँ पार्टी पनि खोले । तपाईं लेख्न, बोल्न सक्नुहुन्छ । यही बेला त्यो पार्टी जोइन हुनूस् । ठुलै पद पाउनुहुन्छ ।”

हेमन्त गिरी

मैले त्यतिबेला “हेरौं, कस्तो कस्तो गर्दै जान्छन्, त्यसपछि सोचौंला ।” भनेको थिएँ । संयोग कस्तो पर्यो भने म नै केही समयपछि जापान आएँ । जापान आएपछि निरन्तर लेख, रचना र टिप्पणीमार्फत् खराब राजनीतिक संस्कार विरुद्ध लेखिरहें । एकिदन उनै सुभेच्छुकसँग भेट भयो । भेटमा उहाँले भन्नुभयो, “तपाईं जापानमा नयाँ नयाँ हुनुहुन्छ । काम/व्यवसायको लागि साथी र सकर्पनिल चाहिन्छ । त्यसैले एमाले, कांग्रेस माओवादीका विरुद्ध सकेसम्म नलेख्नूस् । बरु तपाईं पनि कुनै संगठनमा जोइन भए हुन्छिन् !” उनले मेरो भलो चिताएरै भनेका हुन तर मलाई उनको त्यो वाक्य अप्रत्यक्ष धम्की झैं लाग्यो !

हिजो मात्र विमानस्थलमा एक जना साथीसँग भेट भयो । कुरैकुरामा नेपाल फर्की एक जना साथीको कुरो आयो, जो जापानमा देखिनेगरी सक्रिय राजनीति गनुर्हुन्थ्यो । उहाँले नेपालबाट भन्नु भयो रे, “आफ्नो एक/दुई घण्टा समय खाली भए पनि परिवारलाई दिनुहोला यार । बरु व्यवसाय कसरी अझै अगाडि लैजान सकिन्छ, त्यतातिर सोच्नुहोला । यो समाज, संस्था र राजनीति भनेर नहिँड्नु होला । सब ‘मूतकोन्यानो’रहेछ। नेपाल आएपिछ आफ्नै पार्टीको सक्रिय सदस्यता लिन्छु भनेर जाँदा मलाई विदेशबाट आएको भनेर आफ्नै पार्टीका साथीहरूले विरोध गरे। अझ तिनै चर्को स्वरमा कराए जसलाई मैले रस्टुरेन्टमा राखेको थिएँ । खुवाएको थिएँ, घरमा सुताएको थिएँ ! सब बेकार रहेछ यार !”

पासपोर्टसँग पसिना साट्न आएका युवाहरूलाई नेपाली राजनीतिको खै कुन कुराले आकर्षित गर्छ, उनीहरू विदेशीभूमिमा पनि पुरानै नेताको चिन्तनलाई दोहोर्याइरहेको पाइन्छन् । कसैले अलिकति राजनीतिक टिप्पणी गर्यो भने एक किसमको अघोषित दुश्मनी साँध्छन्, ईख राख्छन् र त्यसको असर मित्रतादेखि काम र व्यवसायसम्म देखाइदिन्छन् । उनीहरूले आफ्ना आँखाले प्रत्यक्ष देखेका पनि छन् आफूले श्रम गर्ने देशका नियम, कानुन, सिस्टम र संस्कारहरू । तर आफूमा त्यो लागू गर्न पटक्कै खोज्दैनन् । सबै त्यस्ता नहोलान्, तर अधिकांशमा पुरानै राजनीतिक चिन्तनको मनोविज्ञान हावी देखिन्छ। पार्टी अनुसारका साथीहरूको ग्रुप, पार्टी अनुसारकै जमघट र भेटघाट, पार्टीका अनुसार व्यवसायिक सहकार्य र विदेशको भूमिमा आ रूपमा देखिने विषय हुन् ।

दलका भ्रातृसंगठनका मानिसहरू भन्दा कति पनि फरक देखिँदैनन् उनीहरू । यस्ता मानिसहरू विदेशमा रहेका हरेक नेपाली समुदाय तथा समाजहरूमा व्याप्त छन् ।

यो पनि आजको आलेखको प्रमुख विषय हैन । प्रमुख विषय त ती नयाँ नेताहरूको शल्यक्रिया हो, जसले परम्परागत राजनीति ठीक भएन, नेताहरू ठीक भएनन्, पुराना राजनीतिक दलहरू ठीक भएनन् भनेर निरन्तर लेखिरहेछन्, बोलिरहेछन् समाजलाई अर्को कोणबाट झकझक्याउने कोसिस गरिरहेछन् (उनीहरूकै भाषामा) ।

सर्वविद्वितैछ- नेपाली राजनीतीमा झुट, भ्रम , मिथ्या, अफवाह र अपराध कति बिक्छ । तिनै कुराहरूको चर्को विरोध गर्ने नयाँ नेताहरूले पनि त्यस्तै प्रवृत्ति अपनाइरहेको पाइन्छ विदेशमा । दलका भ्रातृसंगठनका मानिसहरू भन्दा कति पनि फरक देखिँदैनन् उनीहरू । यस्ता मानिसहरू विदेशमा रहेका हरेक नेपाली समुदाय तथा समाजहरूमा व्याप्त छन् ।

जापानको कुरा गरौं । सम्भवत: विश्वमा सबैभन्दा धेरै संघ,संस्था र समाज स्थापना गरेर नेता बन्ने नागिरकहरूमा हामी नेपाली नै पर्छौं होला । यसबाट अछूतो जापान पनि छैन । झण्डै एक लाख नेपालीको बसोबास रहेको जापानमा हजारौंको संख्यामा संघ-संस्था, संगठन र समाजहरू स्थापित छन् । भन्न त भनिएको हुन्छ- हरेक संगठनहरू देश र समाजको हीतका लागी हुन् । यदाकदा अर्थिक संकलनदेखि विभन्नखाले सहयोग नगर्ने पनि होइनन् ती संस्थाले । तर प्रायःको अन्तर्य कोही न कोही व्यक्तिलाई नेता बनाउनु नै हुन्छ । कोही न कोही व्यक्तिलाई हिरो बनाउनु नै हुन्छ । कोही न कोही व्यक्तिलाई शासकको रूपमा विकास गर्नु नै हुन्छ । नत्र यति सानो देशमा यति धेरै संघ,संस्था र संगठन किन चाहिन्थे ? त्यो पनि यस्तो देशमा जहाँ विद्यार्थीलाई दुई चार घण्टाभन्दा सुत्नु छैन, कुकलाई बिदा छैन, डिपेन्डेन्टले तीन/चारवटा काम नगरी गर्जो टदैर्न, स्याइन (अफिस कमर्चारी) बनेकाहरूलाई कसरी ओभरटाइम गरेर दुई चार पैसा बढी कमाउने भन्ने चिन्ताले सताइरहन्छ । यस्तो अति व्यस्त र अति संवेदनशील देशमा आएर खादा, माला, ब्याज र भाषणको राजनीति गर्ने नेपालीहरूले कसरी उत्पादन गर्लान् हामीले खोजेको नयाँ नेता ? कल्पना गर्न सक्नुहुन्छ ?

हेर्नको लागि यो देशमा जस्तो भन्यो त्यस्तो ठाउँ छन् । सिक्नको लागि यो देशमा जस्तो भन्यो त्यस्तो सीपहरू छन् । घुम्न, डुल्न र अवीस्कार गर्न यो देशमा जस्तो भन्यो त्यस्तो विषयवस्तुहरू छन् । त्यतातिर नलागेर महँगा हल बुकिङ गर्ने, माइक पाएपछि आफ्ना बाजेदेखि नातिसम्मका पौरख सुनाउने, कसैको भजन र भक्तिगान गएर अरूका कान पाक्ने बनाउने, खादा-माला लाउने र गमक्क परेर बस्ने, बेलुका भएपिछ ककटेल डिनर भइहाल्यो, खुरापात, खुट्टा तानातान र अल्ली बढी भयो भने मुक्का हानाहान । अधिकांश संघ,संस्था र समाजको नियति यही हो जापानमा, जुन बेलाबेलामा श्रव्य र दृश्यमा पनि आइरहन्छन् । यस्ता प्रवृत्तिबाट हामी नयाँ नेता जन्मिने अपेक्षा गर्न सक्छौं ?

एअरपोर्टबाट उनीहरूलाई गाडीमा टिप्यो, आफ्नो रेस्टूरेन्ट पुयार्यो, आफ्ना गुटका मानिसहरू जम्मा गर्यो, फोटो खिच्यो, ककटेल पार्टी गर्यो र नेतोलाई देश फकार्यो ।

एउटा विडम्बना हेर्नूस् ! नेपालबाट नेताहरू वा ठूला भनिएका मानिसहरू कहिलेकाहीँ भ्रमणमा आउँछन् । एअरपोर्टबाट उनीहरूलाई गाडीमा टिप्यो, आफ्नो रेस्टूरेन्ट पुयार्यो, आफ्ना गुटका मानिसहरू जम्मा गर्यो, फोटो खिच्यो, ककटेल पार्टी गर्यो र नेतोलाई देश फकार्यो । न त्यो नेताले यहाँका वस्तुस्थिति अध्ययन गर्न पाउँछ, न यहाँको रेल चढ्न पाउँछ,न यहाँका मानिसका दैनिक गतिविधि नियाल्न पाउँछ, न यहाँका पसलदेखि कार्यालयसम्मका जनमुखी कामहरू देख्नपाउँछ, न यहाँका व्यवस्थितपार्कहरू, नदी किनार हेर्न पाउँछ, न यहाँको चुस्त व्यवस्थापनको बारेमा बुझ्न पाउँछ, न केही त्यस्तो सिक्न पाउँछ जुन नेपालमा गएर सिकाउन वा लागू गर्न सकियोस् ।

देशबाटआउने नेतालाई विदेशमा रहेका नेताले विदेश राम्रोसँग नदेखाई फकार्इिदन्छन्, भलै आफूले देखे पनि हेर्न जानेन्। यस्तै छन् हाम्रा नयाँ नेताहरू।

यहाँ आएर पढ्नु, यहाँका कम्पनीमा विदेशीहरू रहेर काम गर्नु, यहाँ व्यवसाय चलाउनु वा श्रम गर्नु भनेको फगत पैसा कमाउनु मात्र हैन । यहाँ सिकेका कुराहरूलाई आफ्नो देशमा लगेर प्रयोग गर्छु भन्ने प्रण गर्नु पनि हो । तर अधिकांशको सोच त्यो नभई पुरानै तारे राजनीतिक दलहरूसँग हिमचिम बढाउनु, पहुँचमा रहनु, नेपाल फर्केपछि व्यवसाय गरे पनि त्यसकै आडमा गर्नु वा अझ बढी सक्रिय भएर राजनीतिमा लाग्नु नै देखिन्छ । पढेका, लेखेका, देश विदेशको सिस्टम सबै देखेका लगभग प्रत्येक नेपालीमा एउटै मान्यता स्थापित छ- ‘नेपाली राजनीतिको नजिक रहेपछि वा नेपाली राजनीतिमा लागेपछि कमाउनको लागि अरू टेन्सन लिनुपर्दैन । नेपालमा राजनीति गर्ने नै कमाउनको लागि हो ।’ यस्तो सोंचले उत्पादन हुने नयाँ नेता कस्तो निस्कन्छ होला ?

यी भए संघ संस्था र समाजका कुरा । अब संजालका कुरा गरौं । सामाजिक संजालले प्रत्येक दिन कुनै न कुनै नयाँ अवतारहरू उत्पादन गरिरहेछ । झुटको आडमा होस् वा आग्रह पूर्वाग्रहका विभिन्न मिसनमा, सामाजिक संजालले पनि आफ्नै किसिमका नेताहरू उत्पादन गरिरहेछ । ‘पूराना ठीक भएनन्, अब नयाँले देश हाँक्ने हो’ भन्ने आशयका लेख, स्टाटस र अन्तर्वार्ता प्रशस्त देखिन्छन् सामाजिक संजालमा । तर विडम्बना, सुन्नसम्म नसकिने शब्द र बोलीहरू, लाजै लाग्ने खालका व्यवहार, भड्किला प्रस्तुतीहरूले रातारात भाइरल हुनेहरू आफूलाई नयाँ नेता दावी गरिरहेछन् । एउटा ठूलो भीडले त्यस्ता व्यक्तिलाई अनुशरण पनि गरिरहेछ । तर रातारात भाइरल हुनेहरू कुन मिसनले त्यसो गरिरहेछन्, भीडले बुझ्न वा सोच्न चाहँदैन । काकताली परे यिनैमध्येका कोहीलाई हामीले नयाँ नेताको रूपमा देख्न पनि सक्छौं नेपाली राजनीतिमा कुनै दिन । चर्को गाली, झुट, गुण्डागर्दी शैली नेपाली राजनीतिको स्थापित पद्धति हो, र यो पद्धतिलाई ‘क्यास’ गर्न सामाजिक संजालका नेताहरू पनि दिलोज्यानले लागेका छन ।

हामी मुखौटे नागरिक हौं । हाम्रो दिमागले अर्कै सोच्छ, मुखौटो अर्कै छ । हामीलाई यस्तो के ले बनायो ?

नेता राजनीतिमा मात्र हुँदैन । नेता घरमा हुन्छ, नेता समाजमा हुन्छ, स्कूलमा कलेजमा र कुनै यात्रामा पनि हुन सक्छ । जसले अग्र पंक्तिम बसेर ‘लीड’ गर्छ उही नेता हो । जसले नवीनतम विचारहरू अगाडी ल्याउँछ, जसले सृजनशीलताका कुरा गर्छ, जो इमान्दार भई सबैलाई समान व्यवहार गर्छ, जसले व्यक्तिगत स्वार्थ हेर्दैन, जसले विवादहरूमा समन्वयकारी भूमिका निर्वाह गर्छ, जसले सानो हुन जान्दछ, अरुका कुरा सुन्दछ, गल्ती स्विकार्छ र अगाडी बढ्छ, नेता खासमा उही हुनु पर्ने हो । तर हाम्रो समाजलाई र हाम्रो चेतनालाई त्यस्तो नेता कम्तिमा यो युगलाई स्विकार्य छैन भन्ने हाम्रा देश देखि विदेश सम्मका गतिविधीले स्पष्ट पारिसकेका छन । हामी मुखौटे नागरिक हौं । हाम्रो दिमागले अर्कै सोच्छ, मुखौटो अर्कै छ । हामीलाई यस्तो के ले बनायो ?

हामी अमेरिकाको राजधानीमा बस्छौं, जापानको राजधानी हेर्छौं, बेलयतको राजधानीमा फिटो खिच्छौं तर हामी चिन्ता,चिन्तन र बहस कुन प्रदेशको राजधानी कहाँ भन्नेमा गर्छौं । हामीले युद्ध पछि उठेको जापानलाई आफ्नै आँखाले देख्यौं, अन्य भूगोल धेरै पछि भेटिएर पनि अगाडी पुगेको अमेरिकालाई आफ्ना हातले छाम्यौं, चीनको चमत्कारका कथा सुन्यौं, सिंगापुरमा डिनर गर्यौं, स्वीजरल्यान्डको रेल चढ्यौं, सिड्नीमा मिटिङ गर्यौं तर अझै पनि विमानस्थल उत्रिने बेला आँखा यताउता डुलाउँछौं, ‘कोही खादा,माला र गाडी लिएर स्वागत गर्न आएको छ कि’ भन्दै । हामी प्रत्येक नेपाली भित्र एउटा नेता छ । नयाँ हैन, उही पूरानो, सडेगलेको नेता ।

नेता भनेको व्यक्ति हैन, चिन्तन हो । देशमा नयाँ नेताहरू कहिले आउलान् ?

जापान

प्रतिक्रिया
Loading...