नेपाली साहित्यको सम्पूर्ण पत्रिका

कापीमा गजल: अङ्क–५

गजललाई आकर्षक डिजाइनमा पोस्टरमा सजाउन सकिन्छ, यसलाई छापामा छाप्न सकिन्छ र सकिन्छ, यसरी कापीमा लेखेर राख्न पनि । हामीले यी सबै कुरालाई एक ठाउँमा राखेर प्रस्तुत गरेका छौँ, कापीमा गजल ।

मोतिराम भट्टबाट सुरु भएको नेपाली गजल आज समुन्नत अवस्थामा पुगेको छ ।

यो अब गीतको विकल्पको विधा मात्र रहेन । साहित्यका सबै जसो विधाको पूरक तत्वका रुपमा यो विकसित भैसकेको छ । आज सयौँ स्थापित साहित्यकारहरु पनि आफूलाई गजलकारकारका रुपमा चिनाउनुमा गौरव गर्छन् । यसबाट पनि यो विधा सर्वस्वीकृत भैसकेको सहजै बुझिन्छ ।

देशभित्र मात्र होइन, संसारभर जहाँ जहाँ नेपालीको बसोबास छ, त्यहीँ त्यहीँ गजल वाचन हुन थालेको छ । सामाजिक सञ्जाल र युट्युब च्यानलको विकासले यसको सघन विकास भएको छ ।यो अब केवल साहित्यको विधा रहेन, एउटा अभियान भैसकेको छ ।

सान्दर्भिक पोस्ट

गजललाई आकर्षक डिजाइनमा पोस्टरमा सजाउन सकिन्छ, यसलाई छापामा छाप्न सकिन्छ र सकिन्छ, यसरी कापीमा लेखेर राख्न पनि । हामीले यी सबै कुरालाई एक ठाउँमा राखेर प्रस्तुत गरेका छौँ, कापीमा गजल ।

संसारभरिका नेपालीको साझा बनाउन हामीले आइतबार यसलाई पाठक माझ ल्याउने निर्णय गरेका हौँ । साहित्यपोस्टले हरेक आइतबार विदेशमा बसेर वा फरक भाषा बोल्नेहरुका बीचमा रहेर पनि नेपाली भाषा र साहित्यमा अविछिन्न काम गरिरहनु भएका स्रष्टालाई केन्द्रमा राखेर सामग्रीहरु प्रस्तुत गर्छौ ।

ती सम्पूर्ण स्रष्टा प्रति समर्पण गर्दै यी गजलहरु प्रस्तुत गरेका हौँ , गजलको छनोट र हस्तलेखन गीतकार दिनेश राज पुरीले गर्नु भएको हो ।

– प्रधानसम्पादक

प्रतिक्रिया
Loading...