नेपाली साहित्यको सम्पूर्ण पत्रिका

सर्वकालीक १०० फेन्टासी उपन्यास

(अमेरिकी निर्वाचनकाे साता टाइम म्यागेजिनले सर्वकालीक एक सयवटा फेन्टासी उपन्यासकाे सुचि प्रकाशन गरेकाे थियाे । म्यागेजिनमा आएकाे याे सुचि साहित्यपाेस्टका पाठकका लागि महत्वपूर्ण हुने ठानेर प्रकाशन गरेका हाैँ । तल ती उपन्यासका विषयमा खाेजी गर्न सजिलाे हाेस् भनेर अंग्रेजी भाषामा लिड्क पनि उपलब्ध गराएका छाैँ ।)

संसार कथाहरूको संगालो हो ।

सोच्नुस् त, यो संसारमा पृथ्वी चेप्टो छ भनेर बहस गर्नेहरू कति गज्जबका तथ्यहरूको माला उन्ने गर्छन् र एउटा विश्वसनीय कथा तयार पार्छन् ! यही कुरा धर्मान्धता र कट्टरताले गर्छन् र वाहियात कुराका पछि मानिसलाई लगाउँछन् । यत्रा स्कुले पाठ्यक्रम, कानुनी प्रणाली, भौतिक सफलता र उद्यमका बाबजुद पनि हामी अझै ‘महिलाहरूले तनाव झेल्न सक्दैनन्’ र ‘गरिब मानिसहरू अल्छ्याहा हुन्छन्’ भन्ने कुरालाई विश्वास गर्छौं । हामी किन सनकपना, प्रश्न उठाउनै पर्ने विचारहरूलाई समेत विश्वास गर्छौं र त्यसको ठीक विपरीत सोच्नतर्फ हामी लाग्दैनौँ ? हामी किन केही मानिसलाई नायक मान्छौँ र अर्को किसिमका मानिसहरूलाई खलनायक ठान्छौँ ? जब प्रश्न गर्छौं र हामीले खास ठानिएका मान्छेहरू सामान्य मान्छे देखिन थाल्छन्, त्यो बेला हामी हत्त न पत्त किन त्यसलाई सामान्य मान्छे नै किन बनाइदिन्छौँ ? पछिल्लो समय हाम्रो समाज छक्क पार्ने किसिमका वाहियात कुरामा बढी चासो दिने समाज बनिरहेका छौँ र तुकसहितका कुरा सुन्न अनिच्छुक र झ्याउ मानिरहेका छौँ किन ? हामी सधेँ त्यस्तै समाज थियौँ या यस्ता हानिकारक चिजबिजका कारण एउटा ठूलो तप्का समाजबाट कटेको छ भन्ने चिन्ता हामीमा बढ्दै गएर यसको विरोध बढ्न थालेको हो ?

वर्तमान समय दवाव, तनाव र अतार्किकताले भरिएको छ । पहिला पनि यस्तो समय थियो । अहिले हामीलाई यस्तो अतार्किकता किन बढ्यो होलाजस्तो लाग्छ । त्यो बेला पनि केहीलाई त्यस्तो लाग्थ्यो होला । त्यस्तो अनुभूत गर्ने व्यक्ति त्यस बेलाको संसारमा कुनै न कुनै ठाउँमा थिए । तिनीहरू कथा बुनोटमा सिद्धहस्थ थिए । तिनलाई कथाको शक्ति थाहा थियो । सि.एस. लुइसले विश्वासका साथ बालबालिकालाई आनन्द दिने माग गरे । फिलिप पुलम्यान तिनै बालबालिकालाई चेतावनीका भाषाले फाँसीवादले पञ्जा फैलाइरहेको भन्दै बाधा पुर्याए । यो सूचीमा यस्ता कयौँ कथाहरू छन्, जसले हामीलाई बालापनमा कथाको भोक जगाएका थिए । हामी हुर्किसकेपछि पनि त्यो बालापनमा जगाएको मिठो कथाको भोकको शमन गर्न अझै पनि अनेकन् आकर्षक कथा लेखिई नै रहेको छ । हामीलाई अहिले पनि ती आकर्षक कथाको भोक लागिरहेकै छ र हामीलाई ती कथा पढ्नु नै पर्नेछ । यस्ता तिलस्मी बुनोटका कथाहरू चाहे प्यारेन्टिङ कला (अभिभावकत्व कला)माथि भिक्टर लाभेलीले लेखेको उपन्यास नै किन नहोस्, यही सूचीमा राख्नपर्ने किसिमका छन् ।

यो सूचीमा पूर्व बेलायती औपनिवेशिक कालका मुलुकहरूबाट आएका साहित्य पनि परेका छन् । तिनले सामाजिक संघर्षका वास्तविकतालाई सचेत गराएका छन् । असल व्यक्तिले यस्ता कथामा सधैँ जित्दैनन्, खराब व्यक्तिले यस्ता कथामा सधैँ हार्दैनन् न त असल व्यक्तिले यस्ता कथामा सधैँ हार्छन् र खराब व्यक्तिले यस्ता कथामा सधैँ जित्छन् !

आज कोही संघर्षको गहन भुमरीमा छ भने र त्यो त्यहाँबाट निस्केर जहाँ पुग्छ, उसले पाउँछ- उसको अघिल्तिर भएको व्यक्तिले सोही संघर्षको भुमरी पार गरेर आइसकेको रहेछ !

शास्त्रीय र आधुनिक फेन्टासीका उपन्यास, कथाहरूले हामीलाई यही कुरा सिकाएको छ कि जसरी भए पनि संघर्षमा त तपाईं खरो उत्रनै पर्छ । त्यसको कुनै उपाय नै छैन । त्यो संघर्ष कहिलेकाहीँ यात्रा हुनसक्छ, कहिलेकाहीँ डार्क लर्डसँग गरिने अन्तिम युद्ध । तिनै संघर्ष र युद्धले नै हामीलाई हामी को हौँ भन्ने कुराको परिभाषित गर्छ । यसक्रममा हामीले कति चर्को स्वरमा ती कथा कहन सक्यौँ, उति नै सुखद् पठनको अवस्था सिर्जना हुन्छ । फेन्टासी विधालाई हामीले मनोरञ्जनको एउटा पाटो मात्र नसोचौँ, बरू यसलाई वास्तविकतासँग परिचित गराउने एउटा बाटोका रूपमा बुझौँ । र, वास्तवमा भन्ने हो भने हामीलाई त्यही रूपमा प्रशिक्षित गर्नकै लागि यो विधाको शुरूवात भएको थियो ।

नवौँ शताब्दीः
द अरेबियन नाइट्स

१४८५
ले मोर्टे डि’अर्थर
थोमस मेलोरी

१८६५
एलिसेज् एडवेन्चर्स इन् वन्डरल्यान्ड
लुइस क्यारोल

१८७१
थ्रु द लुकिङ-ग्लास
लुइस क्यारोल

१९०२
फाइभ चिल्ड्रेन एन्ड इट
वाई इ नेस्बिट

१९०७
ओज्मा अफ ओज
एल. फ्राङ्क बउम

१९३४
मेरी पपिन्स
पि.एल. ट्राभेर्स

१९५०
द लायन, द विच एन्ड द वार्डरब
सि. एस. लुइस

१९५२
द पाल्म-वाइन ड्रिङ्कर्ड
एमस टुटुओला

१९५२
द भोयेज अफ द डअन थ्रेडर
सि.एस. लुइस

१९५४
द फेलोसिप अफ द रिङ
जे.आर.आर. टोकिन

१९५४
माई लाइफ इन द बुस अफ गोस्ट्स
एमस टुटुओला

१९५४
द टु टावर्स
जे.आर.आर. टोकिन

१९५५
द रिटर्न अफ द किङ
जे.आर.आर. टोकिन

१९५७
अ हिरत्र बर्न
जिन यङ

१९५८
द वन्स एन्ड फ्युचर किङ
टि एच ह्वाइट

१९६१
जेम्स एन्ड द जायन्ट पिच
रोआल्ड डाल

१९६१
द फेन्टम टोलबुथ
नर्टन जस्टर

१९६२
रिङ्कल इ द टाइम
मेडलिन लेङ्गल

१९६५
वन्डरिङ युनिकर्न
म्यानुएल मुजिका लेनेज

१९६८
ड्रागनफ्लाइट
एन म्याक्रेफ्री

१९६८
द लास्ट युनिकर्न
पिटर एस. बिगल

१९६८
अ विजार्ड अफ अर्थ सि
उर्सुला के. लि गुइन

१९७०
द क्रिस्टल केभ
मेरी स्टेवार्ट

१९७१
द टोम्ब्स अफ एटुआन
उर्सुला के. लि गुइन

१९७२
वाटरसिप डाउन
रिचर्ड एडम्स

१९७३
द डार्क इज राइजिङ
सुसन कूपर

१९७३
द प्रिन्सेस ब्राइड
विलियम गोल्डम्यान

१९७५
टक एभरलास्टिङ
नताली बाबिट

१९७८
अ स्विफ्टली टिल्टिङ प्लानेट
मेडलिन लेङ्गल

१९७८
द ब्लडी चेम्बर
एन्जेला कार्टर

१९८२
द बिएफजी
रोआल्ड डाल

१९८३
एलान्नाः द फर्स्ट एडभेन्चर
टमोरा पिएर्स

१९८६
होउल्स मुभिङ क्यासल
डायना वाइन जोन्स

१९८६
रेडवाल
ब्रायन ज्याक्स

१९८७
स्वर्ड प्वाइन्ट
एलेन कुस्नर

१९८८
द लाभ्स अफ क्रिस्टोफर चान्ट
डायना वाइन जोन्स

१९९०
द आई अफ द वर्ल्ड
रोबर्ट जोर्डन

१९९०
द गुड ओमेन्स
निल गइमन / टेरी प्राचेट्

१९९०
हारून एन्ड द सि अफ स्टोरिज्
सल्मान रूस्दी

१९९०
टिगाना
गाई गेभ्रियल के

१९९१
आउटल्यान्डर
डायना ग्याबल्डन

१९९५
द गोल्डन कम्पास
फिलिप पुलम्यान

१९९६
नेभरह्वेयर
निल गेइम्यान

१९९७
एल्ला इन्चान्टेड
गेल कार्सन लेभाइन

१९९७
द सटल नाइफ
फिलिप पुलम्यान

१९९८
ब्राउन गर्ल इन द रिङ
नालो होप्किन्सन

१९९९
ह्यारी पोटर एन्ड द प्रिजनर अफ अज्काबन
जे.के. रोलिङ

२०००
स्पिन्डल्स इन्ड
रोबिन म्याकिन्ले

२०००
अ स्टोर्म अफ स्वर्ड्स
जर्ज आरआर मार्टिन

२००१
अमेरिकन गड्स
नील गेइम्यान

२००३
द वि फ्रि मेन
टेरी प्राचेट्

२००५
ह्यारी पोटर एन्ड द हाफ ब्लड प्रिन्स
जेके रोलिङ

२००६
मिस्टबर्नः द फाइनल एम्पायर
ब्रान्डन स्यान्डर्सन

२००७
द नेम अफ द विन्ड
प्याट्रिक रोथफस

२००९
सिटी अफ ग्लास
क्यासन्ड्रा क्लेयर

२००९
ह्वेयर द माउन्टेन मिट्स द मून
ग्रेस लिन

२०१०
द हन्ड्रेड थाउजन्ड किङडम्स
एनके जेमिसिन

२०१०
हु फियर्स डेथ
नेडी ओकोराफर

२०११
एकाटा विच
नेडी ओकोराफर

२०११
द नाइट सर्कस
एरिन मोर्गेस्टिन

२०११
द सङ अफ एकिलिज्
मेडलिन मिलर

२०१२
एन्जेलफल
सुसन ई

२०१३
अ स्ट्रेन्जर इन ओलोन्ड्रिया
सोफिया समटार

२०१४
द बोन क्लक्स
डेभिड मिचेल

२०१५
द बरिड जायन्ट
काजुओ इसिगुरो

२०१५
एन एम्बर इन द एसेज
सबा ताहिर

२०१५
द फिफ्थ सिजन
एनके जमिसिन

२०१५
गेट इन ट्रबल
केली लिङ्क

२०१५
द ग्रेस अफ किङ्स्
केन लिउ

२०१५
स्याडोसेपर
ड्यानिएल जोस ओल्डर

२०१५
सिक्स अफ क्रोज्
लेइग बार्डुगो

२०१५
द राथ एन्ड द डन
रेनी एडिह

२०१६
अल द बर्ड्स इन द स्काई
चार्ली जेन एन्डर्स

२०१६
अ टर्च अगेन्स्ट द नाइट
सबा ताहिर

२०१६
द वाल अफ स्टर्म्स
केन लिउ

२०१७
बिस्ट्स मेड अफ नाइट
तोची ओनिबुची

२०१७
द ब्ल्याक टाइड्स अफ हेभेन
नियोन याङ

२०१७
द चेन्जेलिङ
भिक्टर लेभेली

२०१७
जेड सिटी
फोन्डा लि

२०१७
द स्टोन स्काई
एनके जेमिसिन

२०१८
एरू शाह एन्ड द इन्ड अफ टाइम
रोशनी चोक्सी

२०१८
ब्ल्याङ्का एन्ड रोजा
एना मेरी क्लेमोर

२०१८
चिल्ड्रेन अफ ब्लड एन्ड बोन
टोमी एडियेमी

२०१८
सिर्स
मेडलिन मिलर

२०१८
एम्पायर अफ स्यान्ड
तशा सुरी

२०१८
द पप्पी वार
आर.एफ. कुआङ

२०१८
सङ अफ ब्लड एन्ड स्टोन
एल. पेनेलोप

२०१८
ट्रेल अफ लाइटनिङ
रेबेका रोनहर्स

२०१८
विचमार्क
सिएल पोल्क

२०१९
ब्ल्याक लियोपार्ड, रेड वुल्फ
मार्लोन जेम्स

२०१९
चिल्ड्रेन अफ भर्चु एन्ड भेन्जेनेन्स
टोमी एडियेमी

२०१९
द ड्रागन रिपब्लिक
आर.एफ कुआङ

२०१९
गड्स अफ जेड एन्ड स्याडो
सिल्भिया मोरनो-गार्सिया

२०१९
पेट
एकवाकी इमेजी

२०१९
क्विन अफ कन्क्वेर्ड
कासिन क्यालेन्डर

२०१९
द रेज् अफ ड्रागन्स
इभान विन्टर

२०१९
वि हन्ट द फ्लेम
हफ्साह फैजल

२०२०
एलात्सो
डार्सी लिटल ब्याजर

२०२०
वुभेन इन मुनलाइट
इसाबेल इबानेज

 

अंग्रेजीमा यो सूची पढ्नुस्ः

 

प्रतिक्रिया
Loading...