नेपाली साहित्यको सम्पूर्ण पत्रिका

आमा, नारी सम्मान पुरस्कारको स्थापना

आमा अदमकुमारी फाउन्डेसन तथा गलकोट साहित्य कुञ्जसहित नारी सम्मान पुरस्कारको स्थापना गरिएको छ ।

साहित्यका क्षेत्रमा काम गरिरहेको कुञ्जका निम्ति नारी सम्मान स्थापना गरिएको यो बागलुङ गलकोट क्षेत्रकै पहिलो पुरस्कार हो ।

जापानमा लामो समय बसेर घर पुग्नासाथ स्वर्गारोहण हुनुभएकी अदमकुमारी खत्रीको ४५ औँ पुण्यतिथिको अवसरमा अदमकुमारी मेमोरियल फाउन्डेसनसहित नारी सम्मान पुरस्कारको स्थापना गरिएको हो । अदम कुमारीको सम्झनामा उहाँका ८६ वर्षीय पति मानबहादुर खत्रीसहितको परिवारले स्थापना गरेको हो ।

‘आमाका सपनाहरु स्मरण गरिरहन, सेवा कर्महरु र सम्मानमार्फत सम्झिरहन फाउण्डेसनको स्थापना गरिएको फाउन्डेशन तथा गलकोट साहित्य कुञ्ज नारी सम्मान पुरस्कारका सदस्य दुर्गाबहादुर खत्रीले जानकारी दिए ।

संस्थामा संरक्षक मानबहादुर खत्री, छोरी देवी खत्री (जापान), छोराहरु देवबहादुर खत्री( प्रअ गल्कोट), तोपनारायण खत्री, (व्यवसायी गलकोट), कर्णबहादुर खत्री, (लन्डन), ज्ञानबहादुर खत्री र दुर्गाबहादुर खत्री (जापान), रहेका छन् । खत्री परिवार बागलुङ गलकोट नगरपालिका ५ डानसेनडाँडा निवासी हुन् ।

प्रतिक्रिया
Loading...