नेपाली साहित्यको सम्पूर्ण पत्रिका

लक्ष्मी जयन्ती विशेष ५५ औँ नियमित साहित्य श्रृंखला : जापानव्यापी खुला कविता प्रतियोगिताको नतिजा प्रकाशित

तेस्रो जापानव्यापी खुला कविता प्रतियोगिताको नतिजा प्रकाशित भएको छ ।

अनेसास जापान च्याप्टरको पहलमा ५५ औँ नियमित साहित्य शृंखलामा सो नजिता गएको नोभेम्बर १५ मा घोषणा गरिएको हो ।

संस्थाका अध्यक्ष गिरिजा गैह्रेको सभापतित्व र अनेसास केन्द्रका अध्यक्ष प्रकाश पौडेल माइलाको प्रमुख आतिथ्यमा सम्पन्न एक कार्यक्रमका बीच खुला कविता प्रतियोगितामा तीन जनालाई उत्कृष्ट घोषित गरिएको हो । नेपाली कवितामा विशेष दखल राख्ने विज्ञ कवि एवं समालाेचकहरूकाे टोलीले प्राप्त कविताहरूमध्ये तीन जनालाई उत्कृष्ट घोषित गरेको हो ।

विज्ञ टोलीले छोरीको चिठ्ठीका सर्जक अमर बास्तोला, गाउँ फर्किरहेको परदेशीकी सर्जक सयपत्री थुलुङ र सिक्का शीर्षकका सर्जक विनोद आचार्य यस पटक उत्कृष्ट घोषित भएका हुन् ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरको प्रायोजनमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरले आयोजना गरेको यस प्रतियोगितामा उल्लेख्य प्रतिस्पर्धीहरू सहभागी भएको जापान च्याप्टरले जनाएको छ ।

पुरस्कारको प्रायोजक रहेको सिटी एक्सप्रेस मनी ट्रान्सफर टोक्यो, जापानका प्रमुख तथा एनआरएनए आइसिसी कोषाध्यक्ष महेशकुमार श्रेष्ठले विजेताहरुलाई बधाई दिएका थिए ।
विषम परिस्थितिलाई मध्यनजर गर्दै भर्चुअल माध्यमबाट गरिएको उक्त कार्यक्रममा जापानस्थित सम्पूर्ण संघ-संस्थाको प्रतिनिधित्व गर्दै एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारी उपस्थित भएका थिए । त्यस्तै प्रमुख अतिथि अनेसास केन्द्रका अध्यक्ष प्रकाश पाैडेल माइलाले सफल कार्यक्रमका लागि धन्यवाद, विजेताहरुलाई बधाई ज्ञापन गर्दै कार्यक्रमका विविध पक्षमाथि आफ्ना धारणा राखेका थिए ।
संस्थाका उपाध्यक्ष हेमन्त गिरीको स्वागत मन्तव्य, सदस्य वैकुण्ठ भट्टको प्राविधिक संयोजन रहेको उक्त कार्यक्रम महासचिव रविन शर्माले सन्चालन गर्दै संस्थाको वार्षिक साधारण सभासमेत रहेकाले वार्षिक प्रतिवेदन वाचन गरी सुनाएका थिए ।
प्रतिक्रिया
Loading...