नेपाली साहित्यको सम्पूर्ण पत्रिका

भित्तामा कविता अभियान शृंखला १

गाउँमा साहित्य चेतना जगाउने उद्देश्यले कवि सञ्जय सुमनले आफ्नो गाउँका भित्ताहरूमा कविता कोर्ने अभियान शुरू गरेका छन् । काठमाडौँमा शिक्षक पेशा गरिरहेका कवि सञ्जय सर्लाही हरिपूर्वाका स्थायी बासिन्दा हुन् ।

कविता जस्तो सशक्त माध्यम आफ्नो गाउँठाउँमा उति प्रचार नभएको ठानी उनले आफ्नो जन्मस्थानका घरघरमा कविता कोर्ने अभियानमा लागेका हुन् । यस अवधिमा उनले गाउँका सय घरमा कविता रङ्ग्याउने धुनमा छन् । उनको गाउँ बगेवामा साहित्यिक साक्षरसमेत भेट्न मुस्किल छ । यस्तोमा कविताप्रति रुचि बढाउन उनले गाउँका घरहरुमा कविता कोर्ने योजना बनाएका हुन् ।

उनले रङ्ग्याएका कविताका सम्मानका लागि साहित्यपाेस्टले यसलाइ नियमित प्रकाशन गर्ने याेजना बनाएकाे छ । प्रस्तुत छ, गाउँमा  रङ्गिएका कविताहरूकाे पहिलाे सृड्खला ।

प्रतिक्रिया
Loading...