नेपाली साहित्यको सम्पूर्ण पत्रिका

ओबामाको किताबको पहिलो दिनको कमाई २५ अर्ब रूपैयाँ

तस्बिर सौजन्यः गार्डियन

६ करोड डलर अग्रिम भुक्तानी गरी किनिएको अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाको नयाँ पुस्तक ‘अ प्रमिस्ड ल्यान्ड’ले पहिलो दिनमै अमेरिका र क्यानडामा मात्रै ८ लाख ९० हजार प्रति बिक्रीको कीर्तिमान बनाएको छ ।

हार्डकभरमा निस्किएको यस पुस्तकको मूल्य ४५ डलर भए पनि अनलाइनमा भारी छूटमा यो पुस्तक बिक्री गरिएको छ । ४० प्रतिशत छूटका साथ २७ डलरमा बिक्री हुँदा पनि यस पुस्तकले २५ अर्ब नेपाली रूपैयाँ बराबरको व्यापार गरेको छ ।

यसअघि ओबामा पत्नी मिसेलको बिकमिङले पहिलो दिनमा ७ लाख २५ हजार प्रति बिक्री भएको थियो ।

सान्दर्भिक पोस्ट

प्रकाशन गृह पेन्गुइन रेन्डम हाउसका अनुसार पहिलो दिनको बिक्रीमा अग्रिम अर्डर, इ–बुक र अडियो बुकको संख्यासमेत जोडिएको छ । पहिलो दिनको बिक्रीले आफूहरुले निकै उत्साहित भएको पेन्गुइन रेन्डम हाउसको सहप्रकाशन समूह क्राउनका डेभिड ड्रेकले द गार्डियन पत्रिकालाई बताएका छन् ।

पूर्वराष्ट्रपति बिल क्लिन्टनको संस्मरण ‘माई लाइफ’ पहिलो दिनमा उत्तर अमेरिकामा मात्रै करिब ४ लाख प्रति बिक्री भएको थियो भने जर्ज डब्लू बुसको ‘डिसिजन प्वाइन्ट्स’ झन्डै २ लाख २० हजार प्रति बिक्री भएको थियो । अहिलेसम्म क्लिन्टनको उक्त पुस्तक ३५ लाख र बुसको संस्मरण करिब ४० लाख बिक्री भएको छ ।

सार्वजनिक भएको पहिलो दिनमै सबैभन्दा बढी बिक्री हुने पुस्तकचाहिँ जे के रोलिङको ‘ह्यारी पोर्टर एन्ड द डेथ्ली हलोज’ हो । सन् २००७ मा प्रकाशित उक्त पुस्तक पहिलो २४ घण्टामै ८० लाखभन्दा बढी बिक्री भएको थियो ।

पुस्तकमा ओबामाले आफ्नो दुई कार्यकालका अनुभव, ओसामा बिन लादेनमाथिको आक्रमण र ट्रम्पको उदयमाथि पनि चर्चा गरेको बताइएको छ ।

ओबामाले यसअघि नै लेखेका पुस्तक ‘ड्रिम्स फ्रम माई फादर’ र ‘द अडासिटी अफ् होप’ लाखौं प्रति बिक्री भइसकेका छन् ।

आउँदो वर्ष द प्रोमिस्ड ल्यान्डको दोस्रो भाग बजारमा ल्याउने तयारी भइरहेको छ । ८ सय पृष्ठ लामो यो पुस्तकमा ओबामाले भारत भ्रमणका बारेमा मात्र लेखेका छैनन्, कंग्रेस नेता राहुल गान्धीमाथि पनि टिप्पणी गरेको बताइएको छ ।

अंग्रेजी किताबको भारत एउटा ठूलो बजार हो । त्यसैले ओबामाको सो टिप्पणी भारतीय बजार तताउनका लागि गरेको हुनसक्ने केहीको धारणा छ ।

प्रतिक्रिया
Loading...