नेपाली साहित्यको सम्पूर्ण पत्रिका

कार्कीडाँडामा छचल्किएको जलरङ

शनिबार १२ बजेतिर कलाकारहरूको एक टोली बाइकमा राजधानीको पूर्वोत्तर ग्रामीण भेग गागलफेदी कार्कीडांडा पुग्यो । एकछिन वरिपरिका रमणीय ग्रामीण बस्ती नियालेपछि आआफ्ना विशेष प्रकारका झोलाहरूबाट पेन्टिङ गर्ने सामानहरू झिकेर पुराना शैलीका घरहरूलाई लोकेसन क्लिक गरी पेन्टिङ बनाउन व्यस्त हुन थाले।

लगभग १२ बजेदेखि ४ बजेका बीच कलाकारहरूले पहाडको फेदीमा रहेको मनोरम बस्तीको प्रत्यक्ष दृष्यचित्र उतार्न भ्याइसकेका थिए। यस्ता दृश्यचित्र उतार्ने कलाकारहरूमा डिराम पाल्पाली, एन.बी. गुरूङ, रोशन बि.के., विनोदकुमार गुप्ता र बाबु साइँला रहेका थिए।

कार्यक्रम बारे जानकारी दिँदै अन्तर्राष्ट्रिय जलरङ समाज (आई.डब्ल्यु.एस.) नेपालका अध्यक्षसमेत रहेका एन.बी. गुरूङले यो आई.डब्ल्यु.एस.नेपालको नियमित साप्ताहिक कार्यक्रम “प्लेन एअर अक्वारेलो”को पुनर्ताजगी जलरङ कार्यशाला भएको बताए । कोरोनाले बीचैमा केही समय सुस्ताएको हाम्रो कार्यक्रमको पुनः सुचारूको संकेत पनि रहेको उनले बताए ।

आगामी दिनहरूमा प्रकृतिसँग साक्षात्कार भई कला सृजना गर्ने हाम्रो शिलशिला जारीनै रहने वरिष्ठ कलाकार पाल्पालीले बताए ।

सान्दर्भिक पोस्ट

आउनुहोस् आज तिनै चर्चित जलरंगकर्मीहरू एन.बी.गुरूङ, डिराम पाल्पाली, रोशन बि.के., विनोदकुमार गुप्ता, बाबु साइँलाले एउटै लोकेशनमा बनाएका पेन्टिङहरू अवलोकन गरौँः

प्रतिक्रिया
Loading...