नेपाली साहित्यको सम्पूर्ण पत्रिका

चौबीसौं मुक्तक मेला भव्य रूपमा सम्पन्न

नेपाल मुक्तक प्रतिष्ठानको आयोजनामा मंसिर ६ गते, चौबीसौं भर्चुअल राष्ट्रिय मुक्तक मेला सम्पन्न भयो ।

मेलामा देशका विभिन्न ठाउँबाट मुक्तककारहरूको सहभागिता रहेको थियो । सो मुक्तक मेलामा मुक्तककारहरू केशव आचार्य, भूषण ढुङ्गेल, तारा के.सी., किशोर पहाडी, विमल वैद्य, गोकुल अधिकारी, हरिकृष्ण काफ्ले, पुष्प अधिकारी अञ्जली, प्रथा, अनिता यात्री, हरि कट्टेल, बद्री उप्रेती, चित्रा कोइराला, सूर्य लाकोजु, सरोजसंगम रावल, टीका सापकोटा, गुप्तबहादुर श्रेष्ठ, पुष्पा खनाल, सरस्वती श्रेष्ठ सरु, उत्तम विचारले विविध विषयका आआफ्ना चार-चार मुक्तक वाचन गरे ।

आमन्त्रित अतिथि मुक्तककारहरुलाई प्रतिष्ठानका तर्फबाट कवि मुक्तककार यादव भट्टराईले स्वागत गरेका थिए ।

मेला प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको सभापतित्व र कवि मुक्तककार तीर्थ श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रमको संचालन र संयोजन प्रतिष्ठानकी कोषाध्यक्ष निशा के.सी.ले गरेकी थिइन् ।

प्रतिष्ठानले प्रत्येक महिनामा पालैपालो राष्ट्रिय र अन्तर्राष्ट्रिय मुक्तक मेला गर्दै आएको छ ।

प्रतिक्रिया
Loading...